अफगानिस्तान: तालिबानले घाेषणा गर्‍याे नयाँ सरकार, हसन अखुन्द बने प्रधानमन्त्री

Photo : AP
Photo : AP

अफगानिस्तानकाे राजधानी काबुल कब्जा गरेकाे तीन सातापछि अन्तत: तालिबानले नयाँ सरकारकाे घाेषणा गरेकाे छ।

मंगलबार बिहान पञ्जशिरका चार किल्ला कब्जा गरेसँगै तालिबानले नयाँ सरकार घाेषणा गरेकाे हाे।

तालिबानकाे नयाँ सरकरमा समूहकै बाैद्धिक नेता हसन अखुन्द देशकाे प्रधानमन्त्री बनेका छन्। त्यस्तै तालिबानका संस्थापक मुल्लाह गनी बरादर उपप्रधानमन्त्री बनेकाे प्रवक्ता जबिहुल्ला मुजाहिदले जानकारी दिएका छन्।

तालिबानले हाल केही मन्त्रीहरु मात्रै घाेषणा गरेकाे छ। आगामी एक सातासम्म मन्त्रिमण्डललाई पूर्णाता  दिइने प्रवक्ता मुजाहिदले बताएका छन्।

अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो।

तालिबानले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन भएका छन्। 

प्रकाशित मिति: : 2021-09-07 20:59:00

प्रतिकृया दिनुहोस्