‘म चुनाव लड्छु भन्दा डराएर पुरुष नेताले होटलबाट सभापति छाने’

कास्कीमा ७२ वडा छन् एउटै महिला सभापति नबन्नु लज्जास्पद हो: महिला संघ कास्की सभापति

सेतोपाटी

युवराज श्रेष्ठ
File photo
File photo

नेपाली कांग्रेस कास्कीको वडा तहको अधिवेशन सकिएको छ। कास्कीका ७२ वडामा कतिपयमा चुनाव त कतिपयमा सहमतिबाट नेतृत्व छानियो। तर जिल्ला भरिका वडा सभापतिमा एउटा पनि महिला परेनन्।

आन्दोलनमा जेलनेल भोगेका, गोली लागेका र पार्टीका हरेक कार्यक्रममा नेतृत्वदायी भूमिका खेलेका महिलाहरू कांग्रेसमा आवद्ध छन्। तीमध्ये कतिपय त कास्की क्रियाशील सदस्य छन्।

कास्की कांग्रेसले दिएको विवरणअनुसार जिल्लाभर १९ हजार १४२ जना क्रियाशील सदस्य छन्। जसमा एक तिहाइ बढी महिला सदस्य छन्।
यतिका महिला हुँदा एउटा वडामा पनि महिला सभापति निर्वाचित हुन नसक्नुमा पुरुष नेताको दोष देख्छिन् नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट।

‘महिला वडा सभापतिको आकांक्षी नभएका होइनन्,’ उनले भनिन्, ‘महिलालाई नेतृत्वमा आउन नदिएका हुन्।’कोपिलाले भनेजस्तै जिल्लाका नेताहरूले महिला वडा सभापति हुन नदिएको घटना पोखरा महानगरपालिका-८ मा छ। जहाँ वडा सभापतिको उम्मेदवार बनेकी शारदा गिरीलाई पुरुष नेताहरूले होटलका गोप्य बैठकबाट हराइदिए। आकांक्षीको उम्मेदवारी फिर्तासमेत नगराई होटलबाट सभापति घोषणा गरिदिए।

प्रकाशित मिति: : 2021-09-07 12:01:00

प्रतिकृया दिनुहोस्