औपचारिक शिक्षा लिएनन्, तर २५ जनालाई पीएचडी गराए

शिलापत्र

काठमाडाैं
File photo
File photo

बिहानै ४ बजे उठिसक्छन्। नित्य कर्म अनि ‘मर्निङ वाक'। घर फर्केर अखबार हेर्छन् अनि छिर्छन् आफ्नो पुस्तकालय भएको घर। अनि पल्टाउन थाल्छन्, इतिहासका पानाहरू।          

बिहानभर यस्तै अध्ययन अनुसन्धानमा सक्रिय रहेर दिउसो भने आफ्नो कार्यालयमा खटिन्छन्। खानापछि दौरा–सुरुवाल, इस्टकोट र भादगाउँले टोपीमा सजिएर लाग्छन्, प्रज्ञा प्रतिष्ठान तिर। प्राज्ञ तथा इतिहासविद् दिनेशराज पन्तको दैनिकी हो यो।

धुम्बाराहीमा रहेको उनको निवासमा पुग्दा एउटा घरको दुई फ्ल्याट पुरै पुस्तकले भरिएको पाइन्छ। दराज, र्‍याक र भुइँमा समेत सजाएर राखिएका भेटिन्छन्, पुस्तकहरू। सो फ्ल्याटलाई इतिहास उत्खननको कारखाना भन्दा फरक नपर्ला। जहाँबाट कयौं ऐतिहासिक घटनाक्रम केलाएर छर्लङ पारिएका उदाहरण छन्।

अझ यसमा रोचक पक्ष भनेको, विभिन्न विश्वविद्यालयमा प्राध्यापन गराउँदै हाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत पन्तले औपचारिक शिक्षा लिएका छैनन्। यद्यपि उनी आफूले जुन शिक्षा लिए, त्यसलाई औपचारिक नै मान्छन्। जेहोस्, सरकार मातहत निकायबाट उनले औपचारिक शिक्षा भने लिएनन्। 

विसं २००६ कार्तिक ३ गते जन्मिएका पन्तले ५ वर्षको उमेरमै मातृवियोग सहनुपर्‍यो। त्यसपछि बाबु नयराज पन्तकै काखमा हुर्किएका उनले पिताकै बिडो समाते। अहिले नेपालका इतिहासकारको सूचीको अग्रस्थानमा दिनेशराज पन्तकै नाम आउँछ।

प्रकाशित मिति: : 2021-09-05 13:35:00

प्रतिकृया दिनुहोस्