श्रीमतीलाई सधैँ खुशी राख्न यी कामहरू गर्नुहाेस्

Photo : istockphoto.com
Photo : istockphoto.com

पछिल्लाे समय नेपाली समाजमा पनि विवाह र सम्बन्धविच्छेदका घटना सामान्य भइसकेका छन्। हाेस नपुर्याएर चाँडाे बिहे गर्ने र केही समयपछि नै सम्बन्धविच्छेद गर्नेहरु हाम्राे समाजमा प्रशस्त छन्।

सन् २०१७ मा 'युनिभर्सिटी अफ साउथन क्यालिफाेर्निया'ले श्रीमान-श्रीमतीबीच छाेटाे समयमै सम्बन्धविच्छेद गर्नुपर्ने कारणहरूकाे बारेमा विभिन्न अध्ययन प्रतिवेदनहरू सार्वजनिक गरेकाे थियाे।

उक्त अध्ययनले सामान्यतया बिवाह भएको करिब दुई-तीन वर्षसम्म श्रीमान श्रीमतीबीच आपसी सम्बन्ध राम्रो भए पनि त्यसपश्चात भने श्रीमान श्रीमतीबीचको सम्बन्धमा दरार देखिन थाल्छ।

दरारका कारणहरू सामान्य पनि हुन सक्छन्। एकअर्कालाई समय दिन नसक्दा, एकै प्रकारकाे साेच नहुँदा, भविष्यकाे लक्ष्यहरु नमिल्दा सम्बन्धमा पूर्णविराम लगाउने पात्रहरुकाे कमी छैन यहाँ।

माथि उल्लेखित प्रतिवेदनलाई आधार मान्ने हाे भने श्रीमानले आफ्नी श्रीमतीलाई खुशी बनाइराख्न यस्ता गर्न सकिन्छः

१. श्रीमतीले मागेजत्ति समय दिनुहाेस्। 
२. श्रीमतीलाई सधैँ सम्मान दिनुहाेस्।
३. श्रीमतीकाे बाबुआमालाई पनि सम्मान दिनुहाेस्। 
४. साँझ प्राय बाहिर नबस्नुहाेस्। साँझकाे समय श्रीमतीसँगै बिताउनुहाेस्। 
५. माेबाइलमा गेम कहिल्यै नखेल्नुहाेस्। याे श्रीमती खासै मनपर्दैन। 
६. राति सुत्दा श्रीमतीसँग राेमान्टिक महाेल बनाउनुहाेस्। 
७‍. राति घुर्ने समस्या छ भने त्यसकाे उपचार चाँडै गरिहाल्नुहाेस्। 

प्रकाशित मिति: : 2021-09-04 20:50:00

प्रतिकृया दिनुहोस्