काठमाडौंप्रेस
१३ असारमा आयोजित एक भर्चुअल छलफलमा उपस्थित कांग्रेस नेताहरूले पार्टीका वडा तहदेखि नै महिला र युवाको सहभागिता अझ बढाउनुपर्नेमा जोड दिए। १७ भदौमा कांग्रेसको भातृ संगठन नेपाल दलित संघले विज्ञप्तिमार्फत पार्टीका सबै तहमा आफ्नो समुदायका महिलाको प्रतिनिधित्व बढाउन माग गर्यो। र, १७ भदौमै कांग्रेस केन्द्रीय समितिले तल्ला कमिटीहरूलाई परिपत्र गर्दै महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक वा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दियो।
कांग्रेसमा महिला सहभागिता अझ बढाउन पार्टीभित्र उठेका यी पछिल्ला आवाज हुन्। र, त्यसको कार्यान्वयनमा कांग्रेसले देखाएको अग्रसरताका उदाहरण पनि। तथापि, कांग्रेसभित्र महिला सहभागिताको इतिहास निकै पुरानो छ। पार्टी स्थापना सँगसँगै कांग्रेसभित्र महिला सहभागिता हुँदै आएको छ। त्यसको उदाहरण हो- नेपाल महिला संघ, जसको सुरुवात ००७ सालअघि नै भएको हो। कुमारी लक्ष्मीदेवी र मंगलादेवी सिंह नेपाल महिला संघ स्थापनाको पहल गर्ने नेतृहरू थिए।
यतिबेला कांग्रेस १४ औँ महाधिवेशन तयारीको दौडमा छ। विधानअनुसार हरेक चार-चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था भए पनि १४ औं महाधिवेशन समयमा हुन सकेन। फागुन ०७६ मा सम्पन्न हुनुपर्ने महाधिवेशन भदौमा गर्ने तालिका सार्वजनिक गरिएको थियो। तर, आगामी ९-१३ मंसिरका लागि केन्द्रीय महाधिवेशन तय भएको छ। र, १८ भदौमा वडा तहका अधिवेशनहरू मार्फत त्यसको प्रक्रिया सुरु भएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया