अध्यादेशमार्फत् बनेकाे पार्टी छाडेर पुनः एमालेमै फर्कन पोखरेलकाे आग्रह

File photo
File photo

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले छोडेर गएका नेताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ को आयोजनामा लमहीमा भएको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले अध्यादेशमार्फत दर्ता भएको पार्टी खारेज गरेर एमालेमा फर्किन आग्रह गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता पोखरेलले कार्यकर्ताको विश्वास गरेर माउ पार्टीमा फर्किन आग्रह गरे। ०५४ सालमा पार्टी फुट्दा दुबै पक्षलाई घाटा भएको स्मरण गर्दै पद र शक्तिका पछि नलाग्नसमेत उनले आग्रह गरेका छन्। 'पार्टीबाट फुटेर आफैलाई घाटा हो।', उनले भने।

गठबन्धन सरकारले राम्रा केही काम नगरेको भन्दै उनले प्रदेशको हिउदे अधिवेशन देउखुरीमा गर्नुपर्ने बताएका छन्। आफ्नो नेतृत्वमा देउखुरीलाई प्रदेश राजधानीका रुपमा निर्णय गरेको भन्दै देउखुरीमा सुरु भएका प्रदेश संरचनालाई बुटवल नसार्न उनकाेआग्रह थियाे।

नेकपा एमाले दाङले जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा क्षेत्रस्तरिय बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा केपी ओलिको नेतृत्वमा धेरै राम्रा कामहरु भएको व्याख्या दावी गरे। शुक्रबारदेखि सुरु भएको क्षेत्रस्तरिय कार्यक्रम भदौ १९ गते तुलसीपुर र भदौ २० गते घोराहीमा हुने कार्यक्रम रहेको छ।

यसैक्रममा निर्वाचन क्षेत्र नम्बर १ को भेला तथा प्रशिक्षण कार्यक्रम लमहीमा भएको हाे। भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्ने नेताहरुले पार्टी संकटमा रहेको समयमा योगदान गर्न आग्रह गरेका छन्। केही अवसरवादीले पार्टीलाई संकट निम्त्याएको भन्दै कार्यकर्तालाई नआत्तिन पनि उनले आग्रह गरे।

भेलामा नेकपा एमालेका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य शान्ता चौधरी, सुजिता शाक्य, गङ्गा चौधरी, केन्द्रीय सदस्य ध्रुब आचार्य, प्रदेश सांसद रेवतीरमन शर्मा, तुलसा केसी, छबिलाल वलीले बोलेका थिए।

प्रकाशित मिति: : 2021-09-03 16:50:00

प्रतिकृया दिनुहोस्