कारोबारको अन्तिम दिन सेयर बजारमा भारी गिरावट

सेयर बजारमा अन्तिम कारोबारको दिन आज (बिहिबार) पनि गिरावट आएको छ। बुधबार झिनो अंकले बढेको बजारमा फेरि गिरावट आएको हो । नेपाली सेयर बजार केहि दिन यता दिनहुँजसो घटिरहेको छ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा आइपुगेको छ। आज नेप्से परिसूचक १र६९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। यस्तै, सेन्सेटिभ परिसूचक ८.९० अंकले घटेर ५४१.७८ विन्दुमा पुगेको छ।

आज कूल २३० कम्पनीको एक करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर खरिदबिक्री ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सानिमा लाईफ इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, चन्द्रागिरी हिल्सलगायतका लगानीकर्ताले सर्वाधिक कमाउँदा नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण कावेली पावर लगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

प्रकाशित मिति: : 2021-09-02 15:38:00

प्रतिकृया दिनुहोस्