पञ्जशीरमा तालिबान–विरोधीद्वारा आक्रमण, ३५० तालिबान जिहादीहरू मारिए

Photo : Northern Alliance
Photo : Northern Alliance

अफगानिस्तानको पञ्जशीर उपत्यका तालिबान समूहको विरोधी गढ मानिन्छ। तालिबानले सबै प्रान्त नियन्त्रणमा लिए पनि पञ्जशीरमा भने संघर्ष जारी छ।

वषौँदेखि अलग्गै परिचान बनाएको पञ्जशीर कब्जा गर्न अनेक प्रयास गर्दा पनि तालिबानले सफलता पाउन नसकेको टोलोन्यूजले जनाएको छ।

पञ्जशीरमा तालिबानविरूद्ध भिड्न ‘सशस्त्र उत्तरी–गठबन्धन’ बनेको छ। जसको नेतृत्व पूर्वमुजाहिदीन प्रमुख अहमद शाह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन्।

पञ्जशीर उपत्यका प्रवेश गर्न खोज्ने ३५० भन्दा बढी तालिबान जिहादीहरू मारिएका छन्। जबकि ४० बढी लडाकू बन्धक बनाएको उत्तरी–गठबन्धनले सामाजिक सञ्जालमार्फत जनाएको छ।

मगंलबार राति तालिबान र तालिबानविरोधी समूहबीच भारी गोलाबारी भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी सेनाले विमानस्थल छाडेसँगै तालिबान समूहले अफगानिस्तान पूर्णरुपमा नियन्त्रणमा लिएको छ।

तालिबान प्रवक्ताले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नजानसमेत नागरिकमाथि दबाब थपेका छन्। अफगानिस्तानमा तालिबानको त्राश कायमै छ।

प्रकाशित मिति: : 2021-09-01 17:02:00

प्रतिकृया दिनुहोस्