केहि दिन निरन्तर करेक्सन आइरहेको सेयर बजारमा आज (बुधबार) सामान्य वृद्धि देखिएको छ। आज बजारमा झिनो अंकको वृद्धि भएको हो।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार आज नेप्से परिसूचक ०.०४ प्रतिशतले गिरावट आएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०।१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ।
आज कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको भएको नेप्सेले जनाएको छ। आज कारोबार रकममा भने गिरावट आएको छ।
कूल १३ उपसमूहमध्ये ४ उपसमूहको सेयर बढेको छ, भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ। आज होटल र पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। आज अरुण भ्याली हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ। त्यस्तै, रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएको छ।