घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

File photo
File photo

नेपाली बजारमा बुधबार आज सुनको मूल्य घटेको छ। मंगलबार तोलाको ४ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो। 

मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले घटेको छ। आज चाँदीको मूल्यमा घटेर तोलाको ११ सय ९५ रुपैयामा कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: : 2021-09-01 12:55:00

प्रतिकृया दिनुहोस्