स्थानीय व्यवसायीसँगको साझेदारीमा सबै जिल्लामा उद्योग-व्यवसाय

सेवा क्षेत्रसँगै उत्पादनमूलक उद्योगमा पनि प्रवेश

अनलाइनखबर

रोयल आचार्य

सेवामूलक क्षेत्रमा निकै ठूलो लगानी रहेको नेपालकै सफल र प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनेको आईएमई समूहले उत्पादनमूलक उद्योगमा लगानी विस्तार गरेको छ। शुरुआतमा यो समूहले नेपालकै ठूलो नेपाल पल्स एण्ड पेपर उद्योगमा लगानी गरेको छ।

उद्योगमा स्थानीय उद्योगी केके सर्राफ समेतको लगानी रहने गरी आईएमई समूहले लगानी गरेको छ। अहिले नेपालमै कागज उत्पादन हुने भए पनि ‘फाइन पेपर’, फोटोकपी पेपर लगायतका -पि्रन्ट योग्य) कागजहरू भने अन्य मुलुकबाट आयात हुने गरेको छ।

यहाँ उत्पादन भएका कागजहरू पनि अन्य मुलुकमा निर्यात हुने गरेको छ। तर फाइन पेपर भने बाहिरैबाट आयात हुन्छ। अब यो उद्योगले फाइन पेपर नै स्वदेशमै उत्पादन गर्ने आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। यसले कागज आयात घटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

उद्योगले आगामी एक वर्षभित्रै उत्पादन शुरु गर्ने योजनाका साथ काम भइरहेको छ। उद्योगको उत्पादन क्षमता दैनिक ७० टन हो। एक वर्षभित्र दैनिक १५० टन फाइन पेपर उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ।

प्रकाशित मिति: : 2021-09-01 10:41:00

प्रतिकृया दिनुहोस्