प्रहरीले कसरी घोषणा गर्छ बेवारिसे शव ?

काठमाडौं, भदाै १५ : बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगरले एकै दिन (साउन २१ गते)  २० वटा बेवारिसे शव जलाइन् । काठमाडौं उपत्यकाका विभिन्न महानगरीय प्रहरी वृत्तबाट पत्र पाएपछि उनले टिचिङ अस्पतालबाट शव उठाएकी थिइन् । दुई वर्षदेखि बेवारिसे शव जलाउने कार्यबाट चिनिएकी सपनालाई महागरीय प्रहरीवृत्तबाटै पत्र आउने गर्छ । 

प्रहरी प्रशासनबाट पत्र आएपछि पत्रका आधारमा उनी बेवारिसे उठाउन अस्पताल पुग्छिन् । एक–एक शव जलाउनुभन्दा सामूहिक रूपमा जलाउँदा केही सहज र समयको पनि बचत हुन्छ । ‘एम्बुलेन्स खर्च अलि धेरै हुन्छ । त्यसैले एकै दिन केही शव संकलन गरेर जलाउँछु,’ सपना भन्छिन्, ‘शव संकलन गरेर पशुपतिमा घाट केही खुकुलो भएको दिन जलाउने गरेकी छु ।’ 

प्रकाशित मिति: : 2021-08-31 15:47:00

प्रतिकृया दिनुहोस्