थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार २३३ जनामा परीक्षण गर्दा २ हजार २९५ जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित ३५ हजार ८७४ रहेका छन्। पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म ७ लाख १४ हजार ५२० निको भई घर फर्किएका हुन्।

सङ्क्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ७३० जनाको सङ्क्रमणबाट निधन भएको छ। 

प्रकाशित मिति: : 2021-08-30 16:38:00

प्रतिकृया दिनुहोस्