सन्तोष बराइली
बिहानैदेखि नेकपा एमालेका स्थानिय नेताहरूको चहलपहल थियो, सिन्धुलीको दुधौली नगरपालिका-३, निपानेमा। कारण थियो- एमाले निकट राष्ट्रिय युवा संघ नेपालको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रम।
साबिकको नेपानी गाविस एमालेको लालकिल्ला मानिन्छ, जहाँ एमाले कहिल्यै हारेको छैन। कछाडे दनुवार समुदायको जनघनत्व रहेको निपाने, तल्लो खुट्टेपानीमा अवस्थित तल्लो खुट्टे पानीस्थित श्री जनकल्याण निमाविको प्रांगणमा आयोजित भेलास्थलमा एमालेका नेताकार्यकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो। बृद्धबृद्धा र युवाहरूको उपस्थिति पनि उल्लेख्य थियो।
भेलाका प्रमुख अतिथी थिए एमाले केन्द्रीय सदस्य, सिन्धुली जिल्ला अध्यक्ष एंव पूर्वसभासद् बिषमलाल अधिकारी, विशेष अतिथी थिए क्रमशः एमाले राष्टिय परिषद् सदस्य सुवाष देवकोटा, बाग्मती प्रदेश सदस्यहरू लक्ष्मण कार्की, डम्बर कार्की, युवा संघ केन्द्रीय सदस्य तथा सिन्धुली अध्यक्ष देवराज वाइवा, केन्द्रीय सदस्य अरुण तामाङ्ग अनि अतिथीहरु थिए जिल्ला, नगर र वडाका एमाले नेताहरु।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी अधिकारीले देश बिकासको लागि एमालेको बिकल्प नरहेको बताए। ‘देशको समग्र बिकासका लागि दूरदृष्टि भएको नेतृत्वको खाँचो पर्छ’, अधिकारीको भने, ‘त्यो एमाले अध्यक्ष ओलीमा रहेको उनको विकासप्रेमले प्रमाणित गरेको छ।’ उनले एमाले फुटेको नभई केही व्यक्ति स्वार्थसिद्धका लागि अलग्गिएको दाबी गरे।
सूर्य कहिले फुट्दैन : राष्टिय परिषद् सदस्य देवकोटा
भेलालाई सम्बोधन गर्दै एमालेका राष्टिय परिषद् सदस्य सुवास देवकोटाले सूर्य कहिल्यै नफुट्ने बताए। उनले भने, ‘एमालेको यहाँसम्मको यात्रामा अनगिन्तीले बलिदानी गरेको, हजारौँले त्याग गरेको र लाखौँले पसिना बगाएकाछन्, अहिले कोही व्यक्ति एमालेबाट निस्कँदैमा केही फरक पर्दैन। किनभने सूर्य कहिल्यै फुट्दैन।’
राष्ट्रिय परिषद् सदस्य देवकोटाले सिन्धुलीमा मात्रै नभएर देशैभरी एमाले जुर्मुराएको दाबी गर्दै बिएल नेपाली सेवासँग भने, ‘आउने चुनावमा एमालेले सुविधा सम्पन्न बहुमत ल्याएर सिंहदरबारको मुलगेटबाट छिरेर सरकार चलाउनेछ।’
भेलालाई प्रदेश सदस्यहरु र युवासंघ नेताहरुले सम्बोधन गरेका थिए। भेलाले १५१ सदस्यीय युवासंघ वडा कमिटी गठन गरेको छ। कार्यक्रममा ‘सही पनि एमाले, मै पनि एमाले’ बोलको लगायत गितमा नृत्य प्रस्तुत गरिएको थियो।

क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया