अफगानिस्तानको काबुल-विमानस्थलमा फेरि आक्रमण हुनसक्ने बाइडेनकाे दावी

Photo : AP
Photo : AP

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा दाेस्राे आक्रमण हुनसक्ने बताएका छन्।

यसअघि गत विहिबार विद्राेही समूहले विमानस्थलबाहिर ठूलाे विस्फाेट गराएका थिए। जसमा १७० भन्दा बढीकाे ज्यान गएकाे थियाे भने सयाैँ घाइते भएका थिए। बदलमा  अमेरिकी सेनाले पनि शनिबार ड्राेन हमला गरेकाे थियाे।

यसैबीच अमेरिकी राष्ट्रपति बाइडेनले आफूहरुसँग आतंककारीले फेरि आक्रमण गर्नसक्ने सूचना बताएका छन्।

काबुलस्थित आफ्ना सेनाले अर्को आक्रमण हुनसक्ने सूचना दिएको बाइडेनले बताए। उनले विमानस्थल आसपासका नागरिकहरूलाई सतर्क रहन पनि आग्रह गरेका छन्।


 

प्रकाशित मिति: : 2021-08-29 09:11:00

प्रतिकृया दिनुहोस्