बिएल संवाददाता
प्रगतिशील साहित्य क्षेत्रकाे प्रतिष्ठित पुरस्कार मानिने 'साहित्य सन्ध्या पुरस्कार' कवि तथा सामाजिक, साँस्कृतिक र सांगठनिक अभियन्ता अनिता लामालाई प्रदान गरिएकाे छ।
साहित्य सन्ध्या परिवारले आज (शनिबार) ४१९औं विशेष श्रृङ्खलामा भर्चुअल कार्यक्रममार्फात् उनलाई ०७७ सालकाे 'साहित्य सन्ध्या पुरस्कार'ले सम्मान गरेकाे हाे।
२०३९ सालदेखि प्रगतिवादी साहित्य आन्दोलमा सक्रिय हुँदै आएकाे यस परिवारले २०४३ सालदेखि आफ्नो वार्षिकोत्सवको अवसरमा श्रष्टाहरुलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ। साेही अनुसार ०७७ सालकाे सम्मान तथा पुरस्कार कवि लामाले प्राप्त गरेकी हुन्।
कवि लामाले २०५८ सालमा 'अनुराग' कविता संग्रह, २०७१ मा 'अर्पण' कविता संग्रह तथा २०७४ मा 'आतुङ' कविता संग्रह प्रकाशित गरिसकेकी छन्। उनका फूट्कर कविता, लेख रचना तथा कथाहरु पनि विभिन्न अनलाइन र अखबारहरुमा प्रकाशित हुँदै आएका छन्।
प्रगतिशील साहित्य लेखनसँगै सामाजिक जागरणका कार्यमा उनी निरन्तर सक्रिय छन्। माक्र्सवादी दर्शनबाट अभिप्रेरित कवि लामा किशोरी अवस्था देखि नै संगठित राजनीतिक कार्यकर्ता पनि हुन्।
२०४६ सालको राजनैतिक परिवर्तनदेखि राजनैतिक आन्दोलनमा सक्रिय लामाको संगठन परिचालनमा पनि विशेष दख्खल र भूमिकासहितको उपस्थिति देखिन्छ। संघर्षशील र परिवर्तनका पक्षमा सदैव क्रियाशील उनीमा काव्य चेत उत्कृष्ट रहेकाे पाइन्छ।
पुरस्कृत भएपछि आफू निकै भावुक भएको, आफूले सधैँ भुँइ उठाउन काम गरेको र भुँइमै रमाइरहेकाहरुको बीचमा काम गर्न रुचि भएको बताएकी छन्। त्यस्तै, उनले कहिल्यै पुरस्कारको खोजिमा काम नगरेको, नलेखेको तर साहित्य सन्ध्याजस्तो प्रतिष्ठित संस्थाले यसरी खोजेर आफ्नो झिँनो कामको सक्रियतालाई पनि यत्रो सम्मान गरेकोमा साहित्य सन्ध्याप्रति आभार व्यक्त गरिन्।
त्यस्तै, साहित्य सन्ध्यासँग जोडिएका २०७७ को साहित्य सन्ध्या सहभागिता पुरस्कार डा. राजेन्द्रप्रसाद अधिकारी, साहित्य सन्ध्या मन पुरस्कार डा. शेषराज आचार्य, साहित्य सन्ध्या हरिप्रिया हरिप्रसाद चापागाईँ, नियात्रा पुरस्कार प्रतिक ढकाल, साहित्य सन्ध्या कृष्णचन्द्र बालकुमारी पुरस्कार तथा सम्मान तिलबहादुर कार्कीले प्राप्त गरेका छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया