भूकम्पका भाष्य

गोरखापत्र

केदार वाशिष्ठ

नेपाल अभिलेखीय परम्परा र इतिहास लेखनमा कमजोर छ तर यो इतिहास नै नभएको देश भने होइन। इतिहास लेखनका लागि जति खोजी र अध्ययन हुनुपर्ने हो त्यो भएको छैन। त्यस्तै अवस्था भूकम्पको पनि छ। तथापि नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्र रहेको भनी विज्ञहरूले दिने गरेका चेतावनी सत्य ठह¥याउने गरी विगतका भूकम्पको केही चर्चा भने पाइन्छ। त्यस्तो चर्चा बेला वा कुबेला पनि हुने गरेको छ। कुबेलालाई बेमौसमी पनि भन्छन्; तात्पर्य सन्दर्भविनाको चर्चा भन्ने हो। बेमौसमी चर्चा गर्न खोजी वा अनुसन्धानले प्रेरित गर्छ। त्यो पक्ष पनि कमजोर नै छ। यहाँ चर्चा खोज वा अनुसन्धानको नभई, भूकम्पको गर्न लागिएको हो।

भूकम्पको भाष्य गजबको हुन्छ। भूकम्प आयो ? कि गयो ? भन्नेबारे भूकम्पपछि निकै नै बहस हुन्छ। यो भूकम्पको असरभन्दा पनि भाषिक अध्ययनको पक्ष हो। भूकम्प गइसकेपछिको चर्चामा गएकै कुरा गर्नु सान्दर्भिक होला। आउने अनुमान गर्दा आउला र आइरहँदा आयो होला। तर आएको बेला कसैले केही भन्दैन सबै भागदौडमा व्यस्त। तर भूकम्प सुरक्षा विद्याले भने ‘भूकम्प आएको बेला भाग्ने होइन, सुरक्षित स्थानमा बस्नू’ भन्छ।
भूकम्पको अर्को भाष्य भूकम्प नै हो कि भूमिकम्प हो ? अथवा भुइँचालो ? कि भैँचालो ? भन्ने पनि हो। जे भए पनि मानवीय र भौतिक क्षति गर्ने भूमिको कम्पन नै भुइँचालो हो। त्यसो त अहिले मान्छेले थाहा नपाउने किसिमका ससाना भुइँचाला प्रविधिले रेकर्ड गरिदिने गरेको छ। भूकम्पबाट गुज्रेका वा त्यसबाट बाँचेका मानिसको मस्तिष्कमा आउने मानसिक क्षतिको रेकर्ड भएको भने सुनिएको छैन।

प्रकाशित मिति: : 2021-08-28 09:53:00

प्रतिकृया दिनुहोस्