सुदूरपश्चिममा कार्यकर्ताविहीन बन्दै रावल र भट्ट

थाहा खबर

काठमाडौं

सुदूरपश्चिम प्रदेशमा प्रभावशाली मानिएका दुई कम्युनिष्ट नेता भीम रावल र लेखराज भट्ट एकै ठाउँमा पुगेका छन्। कम्युनिष्ट राजनीतिमा आएको उथलपुथलपछि रावल र भट्टलाई समयले फेरि एकै ठाउँमा ल्याइदिएको हो।

रावल नेकपा एमालेका उपाध्यक्ष हुन भने भट्ट तत्कालीन माओवादी केन्द्रका नेता। २०७४ सालको प्रदेश तथा प्रतिनिधिको निर्वाचनपश्चात् २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेयता रावल र भट्ट एउटै पार्टीमा थिए।

तर, दुवै नेताको ‘गुट’ भने फरक थियो। नेकपाभित्र पूर्व माओवादी र पूर्व एमालेको दूरी हुँदा दुवै नेताहरू फरक–फरक गुटमा थिए। केही समयपछि तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डसँग रावलको निकटता बढेको र उनका पक्षमा सार्वजनिक स्थलमै भाषण गरेपछि भट्ट प्रचण्डसँग बिच्किएका थिए। फलस्वरूप उनी ओली समूहतिर लागे।

तर, त्यो नेकपा एकता भने दिगो रहन सकेन। सर्वोच्च अदालतको फैसलाले एमाले एकातिर, माओवादी एर्कातिर भए। तर, भट्टले ओलीको साथ छोडेनन्। रावल भने एमालेकै अर्को पक्ष माधव नेपाल समूहमा थिए।

अध्यक्ष केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनको विरूद्धमा खरो विरोध गरेका रावल नेपालले नयाँ दल दर्ता गरेपछि भने उनको साथ छोडेर ओलीकै पक्षमा लागेका छन्। नेकपा रहिरहेका बेला प्रचण्डले रावललाई च्यापेपछि भट्ट ओली पक्षमा लागेका थिए। तत्कालीन अवस्थामा भट्ट ओली सरकारका मन्त्रीसमेत थिए। कतिपयले मन्त्री पदकै लोभमा भट्टले ओलीलाई रोजेको आरोप पनि लगाएका थिए। 

प्रकाशित मिति: : 2021-08-27 21:25:00

प्रतिकृया दिनुहोस्