कहिले पुग्लान् मूल नेतृत्वमा महिला, न्यूनतम सहभागिताको सुनिश्चितता मात्रै कि अर्थपूर्ण निर्णायक भूमिका ?

शिलापत्र

सविना देवकाेटा

महिलाहरूसमेत लागेर नेपालमा इतिहास बदल्ने प्रत्येक आन्दाेलन जन्माउन, हुर्काउन सफल भए। सहाना प्रधानदेखि पम्फा भुसाल, अनि मंगलादेवी सिंहदेखि रामकुमारी झाँक्रीसम्मकाे पुस्तालाई हेर्दा प्रष्टै देख्न सकिन्छः आन्दाेलनहरूले शीर्ष नेतृत्वमा महिला भने स्थापित गराइराख्न सकेनन्। प्रत्येक दलभित्रका संरचना हेराैँ, पुरूषहरू विद्यार्थी संगठनबाट सिधै पार्टीमा फड्किन्छन्। महिलाहरूचाहिँ महिला संघ, संगठनमा। यहाँ शिखरमा पुग्ने भर्‍याङ नै असमावेशी छ।

नेपाली कांग्रेस १४औँ महाधिवेशनकाे सँघारमा छ। पार्टीले हालै पारित गरेको विधानले केन्द्रीय कार्यसमितिकाे आठ वटा क्लस्टरमा एक महिला सहमहामन्त्रीको व्यवस्था गरेको छ। यस हिसाबले १३ सदस्यीय पदाधिकारीमा एक मात्र महिलाको आरक्षण न्यून  हाे।  पार्टीभित्रैकै केही नेतृले यसमा असन्तुष्टि जनाइसकेका छन्। महाधिवेशनअघि नै विधान संशोधन गरेर उपसभापति र महामन्त्रीमा पनि एक-एकजना महिला उम्मेदवारको कोटा छुट्याउनुपर्ने उनीहरूकाे माग छ।

‘जब क्लस्टर नै दिइसकेपछि महिलाहरूलाई एउटा मात्रै सिटमा सीमित गराउन खोजिनु हुन्न भन्ने हाम्रो मान्यता हो’, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी (डीना) उपाध्याय भन्छिन्, ‘पदाधिकारीमा पनि एक तिहाई हुनुपर्छ।’

प्रकाशित मिति: : 2021-08-27 16:44:00

प्रतिकृया दिनुहोस्