वर्षाले हुन सक्ने इन्फेक्सनलाई रोक्न यी ४ उपाय अपनाउनुुहोस् !

अहिले हाम्रो देशमा बर्षात्को मौसम रहेको छ। बर्षात्को मौसममा पानीमा भिजेर होस् वा पानीको धेरै सम्पर्कमा आएर मानिसहरूलाई धेरै किसिमका समस्याहरू देखा पर्ने गरेको छ।

बर्षात्को मौसममा सुक्ष्मजीवहरु ब्याक्टेरिया, भाइरस, फङ्गसको विकास तीव्र रूपमा हुने गर्छ। यस्ता जीवाणुहरू मानिसको सम्पर्कमा आएपछि धेरै किसिमका समस्या (इन्फेक्सन)हरू जस्तो रुघा–खोकी, ज्वरो, घाँटी दुख्ने जस्ता किसिमका समस्याहरू देखिन्छ। यस्ता जीवाणुहरूको सङ्क्रमण रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) बढी भएकालाई कमै सङ्क्रमित गर्छ। तर, इम्युनिटी पावर कम भएका व्यक्तिलाई बढी नै सताउने समेत गर्छ।

बर्षात्मा हुने यस्ता किसिमका समस्याहरू हुन नदिन तपाईँहरूले नियमित रूपमा भान्छामै तयार गर्न सकिने काँढालाई पिउने गरेमा बर्षात् महिनामा हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न सकिन्छ।

मरीच, ज्वानो, तुलसी र अदुवा 

अदुवालाई राम्ररी सफा गरेर स–सानो टुक्रा बनाउने। एक गिलास पानीमा स–साना टुक्रा पारेको अदुवा, एक चम्चा ज्वानो, ४–५ वटा तुलसीको पात, एक चिम्टी मरीचको धुलो हालेर उमाल्नु होस्। उमालेको पानी आधा भएपछि यसलाई पिउने गर्नु भएमा बर्षात् हुने इन्फेक्सनहरूलाई धेरै कम गर्न मद्दत गर्छ।

मरीच र बिरे नुन

एक गिलास पानीमा ४–५ टुक्रा मरीचको गेडालाई हालेर उमाल्ने। यसरी उमाल्दा पानी आधा भएपछि स्वाद अनुसार बिरे नुन हालेर पिउँदा बर्षात्को मौसममा हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न मद्दत गर्छ।

सेतो प्याज

सेतो प्याजलाई राम्ररी सफा गरेर स–सानो टुक्रा बनाउनु होस्। यसरी टुक्रा पारेको प्याजमा एक गिलास पानी हालेर उमाल्नुहोस्। पानी उमालेर आधा भएपछि यसमा सख्खर मिसाएर पिउनाले बर्षात्ले हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न मद्दत गर्छ।

सख्खर, मरीच र जिरा

जिरा, सख्खर र मरीचको काँढा बनाउन आधा चम्चा मरीच, एक चम्चा जिरालाई एक गिलासमा पानी हालेर उमाल्नुहोस्। यसरी उमाल्दा पानीको भाग आधा नहुन्जेल उमाल्नुहोस्। यसरी तयार भएको काँढालाई सख्खर मिलाएर दिनको २–३ पटक पिउने गर्नु भएमा बर्षात्ले हुने इन्फेक्सनहरूलाई रोक्न धेरै मद्दत गर्छ।

प्रकाशित मिति: : 2021-08-27 10:40:00

प्रतिकृया दिनुहोस्