शवलाई समेत बलात्कार गर्छन् तालिवान लडाकु

Symbolic photo- dhakatribune
Symbolic photo- dhakatribune

११ दिनअघि अफगानिस्तानको सत्तापलट गरेका तालिवानहरुले शबलाई समेत बलात्कार गरेको विवरण सार्वजनिक भएको छ।

‘तालिवानले शवसँग पनि यौन सम्पर्क गर्छन्,’ अफगानिस्तानबाट भागेर भारत पुगेकी एक महिला भन्छिन्। तालिवानले केही समय अगाडि मानिसहरुको घरघरमा पुगेर यौनदासी बनाएको उनको भनाइ छ।

अफगान प्रहरी फौजकी सदस्यसमेत रहेकी मुस्कान नामले परिचित उनी थप्छिन्, ‘तालिवानले मानिस जिउँदो वा मृत कसैको ख्याल गर्दैनन्।’

तालिवानले काबुल कब्जा गरेपछि मुस्कान भारत भागेकी थिइन्। उनका अनुसार तालिवान लडाकु घरघरमा किशोरी खोज्न हिँड्थे र नदिने परिवारलाई गोली हान्थे। ‘अफगानिस्तान हुँदा हामीले तालिवानको अनगिन्ति धम्की भोग्यौं’ मुस्कान सम्झन्छिन्।

सन् १९९० को मध्यमा शक्तिमा आउदा तालिवानहरु आफ्ना कुख्यात कर्मका लागि प्रख्यात थिए। उनीहरुले अपराधी र बलात्कारीका हात काटिदिने कानुन ल्याएका थिए।

त्यस्तै, १२ वर्षमाथिका किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएका थिए। सत्ता कब्जा गरेपछि तालिवानले तिनै किशोरीलाई यौन दुर्व्यवहारको निशाना बनाएका छन्।

तालिवानको शासनकालमा महिलाहरु सबैभन्दा बढी जोखिममा पर्न सक्ने आकलन भइरहेका छन्। यद्यपि, तालिवानले महिलालाई पनि पुरुषसरह अधिकार दिने बताउँदै आएका छन्। एजेन्सी

प्रकाशित मिति: : 2021-08-26 16:35:00

प्रतिकृया दिनुहोस्