लक्जम्बर्गमा मानव तस्करी : श्यामको सास्ती र विनोदको वेदना

बाग्लुङका दुई युवा कामको खोजीमा लक्जम्बर्ग पुग्दा भोगेको यातना

अनलाइनखबर

नम्रता शर्मा

‘६ वर्ष भयो मैले एउटा जेलमा बसे जस्तो जीवन बिताएको’ श्याम (सम्पूर्ण पीडितहरूको नाम परिवर्तन गरिएको छ)ले मलाई साउन अन्तिम साता लक्जम्बर्गबाट टेलिफोनमा भने।

यो लक्जम्बर्गमा एक नेपालीले चलाएको रेस्टुराँका कामदारहरूले भोगेको यातना र उत्पीडनको दृष्टान्त हो। नेपाली मालिकले श्यामसहितका नेपाली कामदारमाथि आर्थिक, शारीरिक र मानसिक शोषण गरेको कथा हो।

धन कमाउने सपना बोकेर विदेश हान्निएका युवाहरूले रेस्टुराँ मालिकबाट वर्षौंसम्म अत्याचार खेपेपछि आँट गरेर त्यहाँको नेपाली समुदायसमक्ष आफ्नो गुनासो राख्न गए। त्यहीबेला कसैले त्यो छलफलको केही अंश अडियो रेकर्ड गर्यो। त्यो अडियो रेकर्ड मैले कुनै स्रोतबाट प्राप्त गरें। र यो कथा तयार हुनगयो।

अहिले उनीहरूले लक्जम्बर्ग प्रहरीमा उजुरी दर्ता गराएका छन्। मैले पीडितहरूसम्म सम्पर्क सूत्र पत्ता लगाएर नेपालबाटै अन्तर्वार्ता गरें। अनि खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जालका एक सदस्य मार्फत मैले पाएको सूचना, लक्जम्बर्गको कानून, न्याय व्यवस्था बुझेर आफूले पाएको सूचना पुष्टि र पुनःपुष्टि गर्ने काम गरें। लक्जम्बर्ग प्रहरीले यो केस अदालत नलगी सकेको हुनाले पीडितको हितमा आवश्यक गोपनीयता अपनाउनुपर्ने भएकोले कतिपय विवरण खुलेर लेख्न सकिनँ।

प्रकाशित मिति: : 2021-08-26 13:13:00

प्रतिकृया दिनुहोस्