वर्षाको समयमा फुड प्वाइजनिङ कसरी हुन नदिने ? यी कुरामा ध्यान दिनुहोस् 

अहिलेको मौसम वर्षाको भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो भइरहेको छ। तापक्रममा आएको तातो र चिसोको उतारचढावले गर्दा हाम्रो शरीरलाई अरू मौसमको तुलनामा बढी प्रभावित गरिरहेको हुन्छ। लगातार तलमाथि भइरहने तापक्रमले हाम्रो शरीरलाई जति प्रभाव पारिरहेको हुन्छ त्यति नै हामीले खाने गरेको खानेकुरामा पनि पारिरहेको हुन्छ।

तापक्रममा आएको उतारचढावका कारण वर्षाको समयमा अरू मौसमको तुलनामा खानेकुरा चाँडै बिग्रिने गर्छ। जसको कारण कतिपय अवस्थामा बिहान पकाएको खानेकुरा बेलुका खाँदा नै बिग्रिएर फुड प्वाइजनिङ समेत हुने गर्छ। तुलनात्मक रूपमा हेर्दा वर्षा महिनामा खानेकुराबाट हुने रोगब्याधीको समस्या अरू मौसमको भन्दा बढी हुने गर्छ। त्यसैले वर्षा मौसममा खानेकुरा खाँदा विशेष सावधानी अपनाउन नसकेमा फुड प्वाइजन हुने सम्भावना बढी नै हुने गर्दछ।

यदि कुनै खानेकुरा खाएको १ देखि ६ घण्टाको बिचमा बान्ता हुन थाल्यो भने तपाईँले आफूलाई फुड प्वाइजनिङ भएको ठाने हुन्छ। यस्तो अवस्थामा चिकित्सकको परामर्शमा जानु नै राम्रो हुन्छ।

फुड प्वाइजनिङ मुख्य रूपमा रोग लगाउने ब्याक्टेरिया भएको खानेकुराको सेवन गर्नाले हुने गर्छ। यस्तो अवस्थामा खाना पकाउँदा सरसफाइमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। यो बाहेक पकाएर लामो समय राखेको खानेकुरा, नछोपेको खानेकुरा, एकदमै चिसो गरेर राखेको खानेकुरा खानुलाई अहिलेको अवस्थामा फुड प्वाइजन हुने मुख्य कारण मानिन्छ।

बर्षातको समयमा बाहिर तयार भएको खानेकुरा र प्याकेजिङ गरिएको खानेकुराको सेवनलाई कम गर्नु नै उत्तम मानिन्छ । त्यसैले बर्षात्को मौसममा फुड प्वाइजनिङ हुन नदिन निम्न कुराहरूमा विशेष ध्यान दिनुपर्छ ।

बासी खानेकुराको सेवन सकभर गर्दै नगर्ने ।

आधा पाकेको खानेकुराको सेवन सकभर नगर्ने ।

सफा भाँडामा पकाएको खानेकुराको मात्र सेवन गर्ने ।

फ्रिजमा लामो समय राखिएको खानेकुराको सेवन नगर्ने ।

मांसहारको सेवन कमै गर्ने ।

प्रकाशित मिति: : 2021-08-26 13:06:00

प्रतिकृया दिनुहोस्