'आफ्नै सत्ता ढाल्ने र मुद्दा हाल्ने विषयमा निर्मम छलफल गर्छाैं'

थाहा खबर

नवीन लुइँटेल

नेकपा एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेसँगै पार्टी संरचना २०७५ जेठ २ अगाडिको अवस्थामा क्रियाशील हुने भएको छ।

१० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरूको पूर्णता दिनेलगायत प्रयोजनका निम्ति कार्यदल बनाइएको छ। कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उप-महासचिवहरू विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

वरिष्ठ नेता माधवकुमार नेपालको साथ छोडेका दश स्थायी कमिटी सदस्यसहित मंगलबार बसेको स्थायी कमिटी बैठकले एमालेको दशौं महाधिवेशन १०-१२ मंसिरमा र विधान महाधिवेशन असोज ४ देखि ६ गतेसम्म गर्ने निर्णय समेत गरिसकेको छ।

एमालेमा देखिएको पछिल्लो परिवर्तनका सन्दर्भमा थाहाकर्मी नवीन लुइँटेलले नेकपा एमालेका महासचिव ईश्वर पोखरेलसँग कुराकानी गरेका छन्।

२०७५ जेठ २ मै फर्किने निर्णय गर्नु थियो भने माधव नेपाल पार्टीमै हुँदा किन गरिएन ?

असारको २७ गते १० सदस्यीय एकता कार्यदलको तर्फबाट १० बुँदे सुझाव पार्टी भित्र प्रस्तुत भएको थियो। त्यो कार्यदलले सुदृढ एकताका लागि र पार्टीभित्र समझदारीको लागि भनेर १० बुँदे प्रस्ताव गरेको थियो। १० बुँदे सहमति २८ असारमा कार्यदलको तर्फबाट भीम रावल र सुवास नेम्बाङले दिनुभएको थियो।

प्रकाशित मिति: : 2021-08-25 18:47:00

प्रतिकृया दिनुहोस्