'बाबुको कुर्सीमा सरक्क बस्दैमा व्यवसाय चलाउन सजिलो हुन्न'

सेतोपाटी

काठमाडाैं

व्यापारिक घराना गोल्यान समूहले पचास वर्षभन्दा बढीको इतिहास बोकेको छ।

सोहनलाल गोल्यानले जग उठाएको यो समूहलाई उनका छोरा पवनले आकार दिएर बलियो बनाए। अहिले पवनका छोरा अक्षय निर्देशकका रूपमा यसलाई हाँकिरहेका छन्।

समूहको टेक्सटायल, होटल, धागो, हाइड्रोपावर, कृषि, अपार्टमेन्ट लगायत दर्जन बढी क्षेत्रमा लगानी छ। यी सबैको व्यवस्थापन गोल्यानका तेस्रो पुस्ता अक्षयले सम्हालिरहेका छन्।

पारिवारिक व्यवसायको डोर सन्तानको हातमा सर्दै जानु ठूलो कुरा भएन। तर बाबुबाजेले स्थापित गरेर पहिचान बनाइसकेको व्यवसायको सफल नेतृत्व लिन सबै सन्तानलाई सहज हुँदैन।

अक्षय तिनैमध्ये एक हुन्।

'बाहिरबाट हेर्दा सरक्क बाबु बसेको कुर्सीमा बसेको देखिन्छ, सजिलै लाग्ला पनि। तर यसरी बस्दैमा व्यवसाय चलाउन सजिलो हुँदैन,' ३३ वर्षीय अक्षयले सेतोपाटीसँग भने, 'हो, हामीलाई पुँजी अभाव हुँदैन। तर त्यसलाई सही ठाउँमा परिचालन गर्न ठूलो चुनौती छ।'

अक्षयले पारिवारिक व्यवसायमा नेतृत्व भूमिकामा रहेर काम थालेको तीन वर्ष मात्र भयो।

प्रकाशित मिति: : 2021-08-25 08:08:00

प्रतिकृया दिनुहोस्