थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

बितेका २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ गरी १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म ६ लाख ९८ हजार १७३ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ।

त्यसैगरी पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-08-22 16:29:00

प्रतिकृया दिनुहोस्