तालिबान लडाकूद्वारा अपहरित सबै सुरक्षित, फर्किए विमानस्थल

Photo : Tolo News
Photo : Tolo News

अफगानिस्तानको काबुलस्थित विमानस्थल छेउबाट तालिबान लडाकूहरूले अपहरण गरेका एक सय ५० प्रवासी सुरक्षित रहेकाे पाइएकाे छ।

प्रवासी यात्रुहरूलाई तालिबान लडाकूले लामो सोधपुछ गरेर छाडेका हुन्। भारतीयसहित अपहरणमा परेका सबै जनालाई कुनै यातना नदिएर विमानस्थनमै छाडीएकाे अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख गरेका छ्न्।

यात्रुहरूमध्ये धेरैजसो भारतीय नागरिक रहेको र ती सबै सुरक्षित रुपमा विमानस्थल प्रवेश गरिसकेको भारतीय सञ्चार टिभी–९–हिन्दीले जनाएको हाे।

काबुल छाडी देश फर्किन विमान कुरिरहेका उनीहरूलाई शनिबार दिउँसो हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट तालिबान लडाकूहरूले आफ्नो नियनत्रणमा लिएका थिए।



तालिबान लडाकूद्वारा भारतीयसहित १५० प्रवासी अपहरण

प्रकाशित मिति: : 2021-08-21 17:05:00

प्रतिकृया दिनुहोस्