पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।
मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल साब्री याकोबलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार स्राेतले जनाएको छ।
संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका हुन्।
एकसट्ठी बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुन्।
मुहिद्दिनको मन्त्रीमण्डलमा पूर्व रक्षा मन्त्रीको रूपमा काम गरिसकेकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।