मिटरब्याज लगानीमा यसरी पुर्‍याइन्छ दोब्बर/तेब्बर साँवा-ब्याज

ठेकेदार शाही भन्छन्- उप्रेतीबाट मुक्ति पाइयो, अरूले दु:ख दिन थालेपछि ‘अर्धभूमिगत’ हुनु परेको छ

सेतोपाटी

काठमाडौं

डोल्पाका दीपेन्द्र शाहीले जाजरकोटका रत्नबहादुर खड्कासँग २०७२ साल चैत ११ गते चार करोड ३२ लाख रुपैयाँ सापटी लिएका थिए।

शाही र खड्का दुबै निर्माण व्यवसायी हुन्। शाहीको सिद्धिसाई प्रकाश कम्पनी छ, खड्काको खड्का-कृष्मा कम्पनी हो।

शाहीले कन्स्ट्रक्सनको कामका सिलसिलामा खड्कासँग ऋण लिएका थिए। त्यो ऋणबापत् उनले जग्गा पनि धितोमा राखेका थिए।

सापटी लिएको मितिमा त्यो रकमको साँवा र ब्याज दुई वर्षभित्रमा तिर्नुपर्ने सर्त थियो।

२०७४ साल पुस १५ भित्र शाहीले खड्काको साँवा रकम चुक्ता गरिदिए। ब्याजको हिसाब आयो- साँवा जति नै चार करोड ३२ लाख।

शाहीलाई फसाद पर्‍यो दुई वर्षमा साँवा-ब्याज दोब्बर तिर्नुपर्ने भएपछि।

‘निर्माण व्यवसायी हुँ, सरकारी काम गरिन्छ, चाहिएको बेला पेमेन्ट हुँदैन, उनले काम टारिदिएका थिए,’ शाहीले आफ्नो विवशता पोखे, ‘यसरी हिसाब कहाँबाट कहाँ पुर्‍याउँछन् भन्ने के थाहा र!’

ब्याजबापतको रकम भनेर शाहीले त्यहीबेला ५७ लाख रुपैयाँ हातैमा दिए। बाँकी २०७४ साल पुस २९ गतेभित्र ब्याज नै दुई करोड दिनुपर्ने भनी चेक कटाए। असार ३० गतेभित्रको १ करोड ७५ लाख रुपैयाँको चेक कटाए।

प्रकाशित मिति: : 2021-08-20 13:04:00

प्रतिकृया दिनुहोस्