अफगानिस्तानबाट भागेका पूर्वराष्ट्रपति घानी यूएईमा

Photo - REUTERS
Photo - REUTERS

अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्।

तालिबानले अफगान कब्जा गरेपछि उनी काबुलस्थित राष्ट्रपति कार्यालय छाडेर भाग्न बाध्य भएका हुन्। विभिन्न देश पुगेको अनुमान गरिएपनि अन्ततः घानीले अबुधाबीमा शरण लिइरहेको पुष्टि भएको छ।

पूर्वराष्ट्रपति घानीलाई 'मानवीय आधार'मा स्वागत गरेको युएईको विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले जनाएको छ। उनीमाथि हेलिकप्टरमा पैसा भरेर भागेको गम्भीर आरोप समेत लागेको छ। यसबारेमा उनी अहिलेसम्म केही बाेलेका छैनन्।

घानीले राजधानी काबुल छाडेर भागेपछि तालिबानले मंगलबार अफगानी राजनीतिज्ञहरूसँग पहिलो राजनीतिक भेटवार्ता गरेको छ। तालिबान संगठनका उपनेता मुल्ला अब्दुल्ला घानी बरादरसहित अन्य सदस्यहरू कतारबाट कन्धार पुगेपछि संगठनले राजनीतिक संवाद थालेकाे हाे।



तालिबानका सह–संस्थापक मुल्लाह अफगान फर्किए

तालिबानका सह–संस्थापक मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तान पुगेका छन्। वार्ताका लागि केही समयदेखि कतारस्थित दाेहामा बस्दै आएका उनी मंगलबार राजधानी काबुल फर्किएका हुन्।  

कतारमा बसेर वार्ता गर्दै आएका उनी तालिबानले आइतबार काबुल कब्जामा लिएसँगै अफगान फर्किएका छन्। कान्दहार विमानस्थलबाट बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडियाे बाहिरिएको छ।

को हुन् मुल्लाह अब्दुल गनी ? 

मुल्लाह अब्दुल घानी बरादर सन् १९९४ मा तालिबानको गठन गर्ने मध्यका एक हुन्। 

सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाएपछि उनी देश छाडेर भागेका थिए। त्यसपछि उनले  विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बने। 

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारवाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। सन् २०१० मा पक्राउ परेका उनलाई सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्न तालिबानले उनलाई राजनीतिक प्रमुखका रूपमा जिम्मेवारी दिएको थियो। 


तालिबानले महिलालाई पनि मन्त्री बनाउने, कर्मचारीलाई आममाफी घोषणा

हेलिकप्टरमा पैसा भरेर यसरी भागेका थिए अफगानी राष्ट्रपति घानी 

प्रकाशित मिति: : 2021-08-18 21:37:00

प्रतिकृया दिनुहोस्