नेप्सेमा नयाँ कीर्तिमान: सूचक ३२ सय बिन्दुमाथि

सेयर कारोबारमा अहिले नेप्से सूचकले अर्को नयाँ कीर्तिमान कायम गरेको छ। नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दु ३२ सयमाथि उक्लिएको छ।

सूचकमा आकर्षक वृद्धि हुँदा खरिदबिक्री रकममा पनि थप तेजी आएको छ। मौद्रिक नीतिपछि केही अल्मलिएको बजारले फेरि गति लिएको हो।

नेप्से सूचक यो समाचार तयार पार्दासम्म ५८ अंकले बढेर ३२१८.८६ बिन्दुमा पुगेको छ। करिब १६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-08-18 14:36:00

प्रतिकृया दिनुहोस्