हजारौँ रोजगारी सिर्जना गर्ने मीनबहादुरको मन

बाह्रखरी

काठमाडाैं

प्रतीक प्रधान / बलराम पाण्डे 

कोरोना कहर सर्वत्र फैलिएको छ । गरिबहरू रोजगारी गुमाएर दुई छाक जोहो गर्न नसक्ने अवस्थामा छन् । रुनु र हास्नुको अवस्थामा छन् । धनीहरू सकभर सुरक्षित स्थानमा लुकेर राम्रो खाँदै, मनोरञ्जनका साथ कोरोनाको अन्त्य नभई कुनै जोखिम नमोल्ने मनस्थितिमा व्यापार–व्यवसायमा ताल्चा लगाएर बसेका छन् । 

तर एक कर्मवीर पुरूष कर्मयोगमा मस्त छन् । अन्य क्षेत्रमा रोजगारी गुमेको छ, यिनी योवर्ष मात्रै दुईहजार नयाँ रोजगारी थप गर्ने धुनमा तल्लिन छन् । अरु ‘प्लेन’ खुल्नेबित्तिकै युरोप र अमेरिका घुम्नजाने तयारीमा छन्, तर यिनी भने फोनमा कसैसँग कुरा गर्दै भन्छन्, “कहाँ इटलीमा हुनु हजुर, यहाँ इटरीमा छु भनेको क्या, इटहरी !” 

यो कुरा गर्ने व्यक्ति हुन् भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरूङ ।

हुन पनि हो, यो गर्मी मौसममा इटहरी चोकदेखि ४ किलोमिटर पश्चिम बजारमा बनिरहेको भाटभटेनी सुपर स्टोर्सको सबैभन्दा ठूलो र अत्यधुनिक डिपार्टमेन्टल स्टोरको निर्माण कार्यमा यिनी कुनै मजदुर जसरी महिनौंदेखि एकोहोरो काममा तल्लीन छन् । 

गुरूङभन्दा धेरै सानो व्यवसाय गर्ने कतिपयलाई वातानुकुलित अफिसको घुम्ने कुर्सीमा बस्दा पनि पाँच मिनेट बत्ति जाँदा उकुस–मुकुस हुन्छ । तर, उनी भने निर्माणाधीन भवनको छायामा एउटा प्लास्टिकको कुर्सीमा बसेर तातो हावा खाँदै आफ्नो काममा मग्न छन् । 

प्रकाशित मिति: : 2021-08-16 17:44:00

प्रतिकृया दिनुहोस्