सानिमा लाइफको आईपीओ बाँडफाँड, ५४ सयको आवेदन रद्द, १७ लाख ६८ हजारको हात खाली

सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन्।

२४ लाख १९ हजार १ सय २७ जनाले आवेदन दिएकोमा ५ हजार ४३४ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। रितपूर्वक आवेदन दिएका २३ लाख ८ हजार १२२ जनामध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्।

रितपूर्वक आवेदन दिएका मध्ये पनि १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ।

कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए।

प्रकाशित मिति: : 2021-08-14 12:20:00

प्रतिकृया दिनुहोस्