चीनमा कोरोना महामारी फैलिँदा सिङ्गै पर्यटन क्षेत्र प्रभावित

Photo - REUTERS
Photo - REUTERS

चीनले कोभिड-१९ को पछिल्लो प्रकोपसँग लड्न चौथो हप्ता पुग्दासम्म एक दर्जनभन्दा बढी शहरहरुमा सामाजिक प्रतिबन्ध लगाइएको छ जसले विश्वकै दोस्रो ठूलो अर्थ व्यवस्थाको सेवाक्षेत्र विशेष गरी पर्यटन उद्योगसँग सम्बन्धित यात्रा र आतिथ्य प्रभावित भएको छ। 

अर्थतन्त्रलाई पूर्ण रुपमा पक्षाघात हुनबाट जोगाउन चीनले खपे प्रान्तमा कोभिड-१९ को प्रकोपको प्रारम्भिक दिनहरुमा पूर्ण लकडाउन गर्नबाट टाढा राखेको थियो। सिटीका विश्लेषकहरुको भनाइ छ– वर्तमान लहरले धेरै कडा सामाजिक दूरीको उपायहरुलाई पुन: लागू गरेकोले यातायात, पर्यटन र अन्य सेवा क्षेत्रहरुलाई ठूलो चोट पुर्या एको छ।' 

चिनियाँहरुले अब सेवा क्षेत्र पुनः पुरानै अवस्थामा फर्किन चालू आर्थिक वर्षको अन्तिमसम्म लाग्ने अनुमान गरेका छन्। सिचुआन प्रान्तको पश्चिमी उच्च पहाडीमा एक १५ कोठाको लज सञ्चालिका डिंगले भनिन्, 'जुलाईको अन्त्य र अगस्तको पहिलो हप्तामा कम्तीमा ८० प्रतिशत ओकुपेन्सि दर हुने आशा छ।' तर, सिचुआनमा आठ जना मानिस संक्रमण भएपछि वास्तविक अकुपेन्सि दर २० प्रतिशत-३० प्रतिशत मा झरेको पनि उनले बताइन्। 

जुलाईमा गर्मी–यात्राको मौसम सुरू भयो, उनले त्यो महिना तीन लाख चिनिया युआनको अग्रिम बुकिङ प्राप्त गरेकी थिइन्। अगस्ट महिनामा भने एक लाख युआन प्राप्त गर्न निकै संघर्ष गर्नुपर्ने डिंगले बताइन्। 

चीनले अगस्ट १० का लागि ८३ वटा नयाँ भेरियन्टको स्थानीय केस रिपोर्ट गरेको थियो। स्वास्थ्य अधिकारीले बुधवार रिपोर्ट गरे अनुसार गत हप्तामा नयाँ संक्रमणको संख्या ५८३ भेटियो। यो एक हप्ता अघिको तुलनामा स्थानीय केसहरुको कुल संख्या ८७.५ प्रतिशत को बृद्धि थियो। 

अघिल्लो साता देखिएको ८७.५ प्रतिशत बृद्धि दर लगभग अपरिवर्तिनय छ। अधिकारीहरुका अनुसार यसको कारण मुख्यतः अत्यधिक प्रसारणयोग्य डेल्टा भेरियन्टद्वारा सञ्चालित छ। 

पहिलो 'केस' जुलाईको अन्त्यमा नानजिङमा भेटिए देखि डेल्टा भेरियन्ट एक दर्जन भन्दा बढी शहरहरुमा पत्ता लागेको छ। नानजिङ, याङझाउ र झाङजियाजि छाड्नेहरुबाहेक घरेलु उडानहरुलाई अझै पनि संक्रमण रिपोर्ट गरिएका शहरहरुबाट प्रस्थान गर्न अनुमति दिइएको छ तर 'केस' रिपोर्ट गरिएको क्षेत्रहरुबाट बेइजिङ प्रवेश गर्ने उडानहरु र रेलहरु कटौती गरिएको छ। 

उड्डयन डाटा फर्म ओएजिका अनुसार चीनको समग्र हवाइ क्षमता गत हप्ताको तुलनामा ३१.९ प्रतिशत ले घटेको थियो जुन महामारीको बेलामा सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो। 

स्पेनमा आधारित उड्डयन परामर्शदाता फोरवार्डकिजका जुआन गोमेजका अनुसार नानजिङ प्रकोपसंगै, र सामूहिक परीक्षण लागु गरेसंगै र यात्रा प्रतिबन्ध लगाएसंगै, घरेलु उडानको बुकिंगमा तीव्र गिरावट आएको छ। चीनले सन् २०१९ को अन्त्यतिर वुहानको केन्द्र शहरमा नोवल कोरोनाभाइरसको संक्रमण रिपोर्ट ९४,०८० गरेको थियो। रोयटर्स

प्रकाशित मिति: : 2021-08-13 18:41:00

प्रतिकृया दिनुहोस्