जितेका माधव नेपालले गुमाएका अवसर !

अनलाइनखबर

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकलौटी निर्णय गर्दै अगाडि बढेपछि पार्टी एकता जोगाउने गरी जुटेको १०बुँदे सहमति संकटमा परेको छ । २५ साउनमा केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्नेगरी पार्टी गतिविधि अगाडि बढाएका छन् ।

‘१०बुँदे सहमति पालना भएको भए कार्यदल गठन गरेर त्यसको आधारमा दशौं महाधिवेशन, सदस्यता नवीकरण र विधान महाअधिवेशन जस्ता विषय टुंग्याइने थियो’, १०बुँदे  सहमतिका एक मस्यौदाकार भन्छन् । तर बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थिति रहेको बैठकबाट विधान महाधिवेशन (२७–२८ भदौमा), वडा (३ असोजमा) र स्थानीय तह (९ असोजमा) को निर्वाचन गर्ने निर्णय एमालेमा भएको छ ।

महाधिवेशन केन्द्रित गतिविधिसँगै पार्टी विधान संशोधन प्रस्ताव समेत केन्द्रीय कमिटीबाट अनुमोदन गरी मातहत कमिटीमा पठाइएको छ । १०बुँदे सहमति इमान्दार कार्यान्वयन गर्नुको साटो फेरि पनि एकलौटी निर्णय गर्नतिर अध्यक्ष ओली लागेकाले पार्टी एकता प्रक्रिया प्रभावित बन्न पुगेको माधव पक्षीय नेताहरू बताउँछन् ।

‘एकता प्रक्रिया क्रिटिकल अवस्थामा गएको छ । आन्दोलन र पार्टी जोगाउन चाहनेहरुका निम्ति थप चिन्ता थपिएको छ’, उपमहासचिव घनश्याम भूसाल भन्छन् । उनी, एकता जोगाउन अनौपचारिक र औपचारिक सम्वादमा लगातार लागिरहेका एक नेता हुन् ।

प्रकाशित मिति: : 2021-08-13 18:05:00

प्रतिकृया दिनुहोस्