राष्ट्र बैंकले आज ४:१५ बजे मौद्रिक नीति सार्वजनिक गर्दै 

नेपाल राष्ट्र बैंकले शुक्रबार ४.१५ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरिसकेको छ। त्यसपछि केन्द्रीय बैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न बाटो खुलेको हो।

गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो तर, चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति सार्वजनिक गर्न करिब ढिलो भएको हो।

राष्ट्र बैंकले ०५९ सालदेखि हरेक वर्ष नियमित रुपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बजारमा मुद्राको आपूर्तिलाई नियन्त्रण गर्छ भने बैंक तथा वित्तीय संस्थालाई नियन्त्रण गर्ने गर्दछ।

प्रकाशित मिति: : 2021-08-13 12:51:00

प्रतिकृया दिनुहोस्