कमजोर शैक्षिक धरातलले कोटाअनुसार उत्तीर्ण हुन छोडे, कस्ता होलान् भाेलि सार्वजनिक संस्थाहरू ?

शिलापत्र

काठमाडौँ

उदाहरण : एक 

०७६ मा शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) परीक्षामा ९४ प्रतिशत उम्मेदवार अनुत्तीर्ण भए । त्यतिबेलाको परीक्षामा प्राथमिक तहमा ६६ हजार ५ सय ६२ परीक्षार्थीमध्ये  ३ हजार ८ सय ८३ जना अर्थात ५.८३ प्रतिशत मात्रै उत्तीर्ण थिए ।

निम्नमाध्यमिक र माध्यमिक तहमा उक्लिएपछि उत्तीर्ण प्रतिशतमा पनि समस्या देखिन्छ । आयोगको तथ्यांक अनुसार निम्नमाध्यमिक तहको परीक्षामा ४.६३ र माध्यमिक तहको परीक्षामा १४.७६ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् । त्यसरी हेर्दा समग्रमा ८ प्रतिशत परीक्षार्थीमात्र लाइसेन्स परीक्षामा उत्तीर्ण भएका थिए ।  

लाइसेन्स परीक्षा कोटाअनुसार उत्तीर्ण हुने होइन, जसले परीक्षामा ५० प्रतिशत अंकभार कटाउँछ, उसले उत्तीर्ण गर्छ । तर, लाइसेन्स परीक्षामा जसरी उत्तीर्ण दर नै ८ प्रतिशतको हाराहारी हुनु भनेको परीक्षा प्रणाली मात्र होइन, परीक्षार्थीको अध्ययन र ज्ञान कमजोर तह उजागर हुन्छ । 

प्रकाशित मिति: : 2021-08-12 21:06:00

प्रतिकृया दिनुहोस्