दुई साथी जसले पस्किए १२ थरी मःम

सेतोपाटी

काठमाडाैं

डिल्लीबजार ओरालोमा थुप्रै पसल छन्। ती पसलको लश्करबीच एउटा ठेट नेपाली नामको रेस्टुरेन्ट छ- १२ थरी मःम।

नामले भनेजस्तै यहाँ बाह्र स्वादमा मःम पाइन्छ। सामान्यभन्दा भिन्न स्वाद चाख्न इच्छुक र मःम पारखीहरू १२ थरी खोजीखोजी पुग्ने यसका सञ्चालकहरू बताउँछन्।

'१२ थरीको मेनुमा साधारण स्टिम मःमदेखि स्वस्थ विकल्प, स्थानीय स्वाद र विदेशी स्वादबाट प्रभावित स्वादका मःम राखेका छौं,' रेस्टुरेन्टका सह-सञ्चालक सुनिम मैनालीले भने, 'यिनै नौलो स्वाद चाख्न ग्राहकहरू आउनुहुन्छ।'

यहाँ स्टिम, कोथे, चिल्ली, कोदो, फापर, पनिर, झोल, गुन्द्रुक झोल, तामा झोल, बोलोनिज, मसरूम, चिज स्टिक गरी १२ स्वादमा मःम पाइन्छ। यो शाकाहारी र मांसाहारी दुवै विकल्पमा उपलब्ध छ।

यो रेस्टुरेन्ट दोस्रो चरणको लकडाउन सुरू हुनु केही साताअघि मात्रै सञ्चालनमा आएको हो। लकडाउनसँग जुद्धै यतिबेला १२ थरी सक्रिय व्यवसायमा लागेको सुनिम बताउँछन्।

प्रकाशित मिति: : 2021-08-11 10:22:00

प्रतिकृया दिनुहोस्