काेराेना महामारीको अन्त्य गर्ने उपायहरू

Photo: financialexpress.com
Photo: financialexpress.com

संयुक्त राज्य अमेरिका कोभिड-१९ को पाँचौ लहरमा प्रवेश गरेको छ। सबै लहरहरूमा आफूले गर्नसक्ने भन्दा धेरै कम काम गरेको यो महाशक्ति राष्ट्रले मूल्य चुकाउँदैछ। 

सुरुको चरणमा लकडाउनलगायतका अन्य प्रतिबन्धहरू अनियमित थिए। त्यसपछि प्रमाण र पुष्टि नभएका उपचार विधि आयो। खोप बाँडिन थाले। उक्त प्रयाससँगै नयाँ संक्रमण धेरै हदसम्म कम भयो तर डेल्टा भाइरसको आगमणसँगै, खोप नलगाएको जनसङ्ख्यामा संक्रमण दर ह्वात्तै बढेको छ।

सबै चरणमा कोभिड–१९ संक्रमणको कारक कोरोना भाइरस भनेर चिनिने सार्स-कोभ-२ भाइरसलाई कम आँकलन गरियो। अहिले हामीलाई थाहा भएअनुसार यस भाइरस विभिन्न म्यूटेसन गरेर आफूलाई परिस्थितिअनुसार परिवर्तन गर्न सक्छ। 

यो रोगलाई लामो समयसम्म नियन्त्रण गर्न एउटा मात्र उपाय छ। एउटा यस्तो रणनीति जसले खोप उत्पादन र वितरणसँगै अन्तरिक्ष–स्तरीय सहयोगसहितको जनस्वास्थ्यका बलिया मापदण्ड बनाउन सकोस्।

खोपले कोभिड़-१९ विरुद्धको युद्धमा पहिलो पर्खाल खड़ा गर्छ। खोपहरूको पहिलो पुस्ता एकदमै प्रभावकारी देखिएको छ। खोज र अनुसन्धानसँगै बनाइने यसका नयाँपुस्ताहरु अझै प्रभावकारी हुने छन्। नयाँ–नयाँ भेरियण्टको लागि नयाँ–नयाँ भ्याक्सिन बने पनि खोप हानेर मात्र महामारीको अन्त्य हुन गाह्रो छ।

खोपहरुले सबैको लागि काम गर्दैन। सबैभन्दा उत्तम वातावरणमा सुरुको भाइरसविरुद्ध एकदमै  प्रभावकारी खोपहरु पनि ४–५ प्रतिशत असफल हुन्छन् र डेल्टा भेरियन्टले आफुलाई खोपहरुका विरुद्ध अरुभन्दा बढ़ी शक्तिशाली प्रमाणित गरेको छ। 

पूरै अमेरिकाले खोप हाने पनि त्यहाँको एक करोड़  ८० लाख जनसङ्ख्या अझै सङ्क्रमणको खतरामा रहन्छन् र भाइरससँग 'एक्सपोज' भएमा रोग लाग्ने खतरा बर्करार रहन्छ।

अझै, पूर्ववत रूपमा स्वास्थ्य जटिलता भएका रोगी हरुमा खोपको प्रभावकारिता अझै कम्ति हुन्छ। यसमा  अङ्ग प्रत्यारोपण गरेका, प्रतिरोधि क्षमता बढाउने औषधि खानुपर्ने मानिस, दीर्घरोगीहरु  र ज्येष्ठ नागरिकहरु पर्दछन्। नयाँ खोजहरूअनुसार खोपको प्रभावकारिता समयसँगै कम हुनसक्छ। यो पनि वर्षेनी हानिने फ्लूको खोपजस्तै हुन सक्छ।

एन्टी–भाइरल औषधिहरू र रोग निरोधक औषधिहरूले दोश्रो सुरक्षा घेरा बनाउँछ। अमेरिकी सरकारले यस्ता औषधि र उपचार गर्न ३.२ अर्ब अमेरिकी डलर खर्च गरेको छ। प्राय: ध्यान काेराेना उपचारमा रहे पनि यस्ता प्रयासहरुले महामारी नियन्त्रणमा मद्दत गर्छ।

अहिले बनेका यस्ता औषधिहरु सर्वत्र प्रयोग गर्न सहज छैन। कम प्रभावकारिता, धेरै मूल्य अनि आवश्यक संरचनाको अभाव छ तर हामीसँग खोपहरु साक्षी छन् तर औषधि प्रभावकारी भए पनि त्योसँग रिस्क जोड़िएर आउने गर्छ। अबको अर्को चरण खाने गोलीको चरण हुनसक्छ– औषधि खाएर सङ्क्रमण फ़ैलिन वा गम्भीर हुन नदिने। एक जनालाई कोभिड लाग्यो भने उसले औषधि खान र धेरै जनालाई सङ्क्रमणबाट जोगाउनसक्छ।

अर्को सुरक्षा घेरा जनस्वास्थ्यका मापदण्डहरुद्वारा भाइरस फैलन नादिनु हुनेछ। अस्ट्रेलिया, चीन, न्यूजिल्याण्ड, सिंगापुरलगायतका देशहरूले गरेजस्तो व्यापक ट्रेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन, सीमा नियन्त्रण, क्वारेन्टाइन आदि। यस्ता रणनीतिहरु सबै सङ्क्रामक रोग नियन्त्रण गर्न प्रभावकारी हुने छन तर अमेरिका, यूकेलगायतका देश हरुमा यस्ता विधिहरु थान्को  लागेका छन्। 

सौभाग्यबश नयाँ औषधि र उपचार विधिहरु यस्ता विफलतालाई केही हदसम्म छोप्न सकेका छन्। टेस्ट, ट्रेस र क्वारेन्टाइनको मन्त्र बदलिएर टेस्ट, ट्रेस र औषधि लिनमा बदलिन सक्छ। दोश्रो विकल्प आकर्षक देखिन्छ। औषधिको आगमनसँगै कवारेन्टाइनको आवश्यकता सकिन सक्छ। 

सुरूका तीन वटा सुरक्षा घेराले सुरक्षित संयन्त्र बनाउँछन्। खोप र औषधि सबैतिर उपलब्ध हुँदैन र सबैलाई प्रभावकारी बनाउन चौथो संयन्त्र चाहिन्छ। रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रिय समुदाय एक ठाउँमा आउनुपर्छ।

'को-भ्याक्स' जस्ता पाइलाहरु एकदमै महत्वपूर्ण थिए तर यस्ता संयन्त्र र पहलकद्मीहरु अन्ध–राष्ट्रवाद आँखा र स्वेच्छाचारिताले गर्दा कमजोर भएको छ। खोपलाई कमाउने उपाय बनाइनुले पनि यसलाई धरासायी बनाएको छ तर हामीकहाँ पहल जारी छन्। स्थानीय खोप उत्पादनबाट नपुगेको क्षेत्रमा खोप पुर्‍याउने प्रयत्न जारी छ।

– प्रोजेक्ट सिन्डिकेटकाे सहयाेगमा

प्रकाशित मिति: : 2021-08-11 07:29:00

प्रतिकृया दिनुहोस्