सुधा अत्रि
म्यान्मारको दक्षिण पूर्वी कयाह प्रान्तमा जातीय विद्राेही समूह र सैन्य शासक जुन्ताबीचकाे भिडन्तमा कम्तीमा १० जना सरकारी सैनिक मारिएका छन्।
जातीय विद्राेही समूह करेन्नी आर्मी (केए) र करेन्नी नेशनलिटीज डिफेन्स फोर्स (केएनडीएफ)काे आक्रमणबाट आइतबार दजाैनाैँ सैनिक मारिएकाे र थ्रुपै घाइते भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएकाे छ।
निर्वाचित सरकार 'कू' गरी सैन्य सत्ता चलाएकाे जुन्ताविरूद्ध ठाउँ–ठाउँमा नागरिक लडाकू र करेन्नी नेशनल प्रोग्रेसिभ पार्टीले प्रान्तभर सैन्य शासकलाई आक्रमण गरिरहेकाे छ।
कयाह प्रान्तकाे पश्चिमस्थित एक पहाडी क्षेत्रमा आक्रमण गर्न लागिपरेकाे सरकारी सुरक्षा फाैजलाई, नागरिक रक्षा बल र करेनी सशस्त्र समूहले पछिल्लाेपल्ट लखेटिरहेकाे करेन्नी नेशनलिटीज डिफेन्स फोर्सले जनाएकाे छ।
दुई समूहबीच आइतबार करिब एकघन्टा भिडन्त चलेपनि, सरकारी फौजले स्थानीय त्रसित पार्न लगातार चार घन्टासम्म गाेलाबारी गरेकाे केएनडीएफका प्रवक्ताले सोमबार स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन्।
भिडन्तकाे क्रममा १० जना सरकारी सैनिकको मृत्युभएको भएको बताइएको छ। यता विद्रोही समूहका केही लडाकूहरू समेत सामान्य घाइते भएका छन्।
लडाइँले भयावह रूप लिएपछि पहाडी तीन गाउँका करिब पाँच सय स्थानीय नागरिक घर छाडेर भाग्न बाध्य भएका थिए। यसक्षेत्रमा सरकारी सुरक्षा फाैजले नागरिकमाथि दुःख दिने काम गरिरहेकाे विद्राेही समूहकाे दाबी छ।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया