सुधा अत्रि
म्यान्मारको दक्षिण पूर्वी कयाह प्रान्तमा जातीय विद्राेही समूह र सैन्य शासक जुन्ताबीचकाे भिडन्तमा कम्तीमा १० जना सरकारी सैनिक मारिएका छन्।
जातीय विद्राेही समूह करेन्नी आर्मी (केए) र करेन्नी नेशनलिटीज डिफेन्स फोर्स (केएनडीएफ)काे आक्रमणबाट आइतबार दजाैनाैँ सैनिक मारिएकाे र थ्रुपै घाइते भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएकाे छ।
निर्वाचित सरकार 'कू' गरी सैन्य सत्ता चलाएकाे जुन्ताविरूद्ध ठाउँ–ठाउँमा नागरिक लडाकू र करेन्नी नेशनल प्रोग्रेसिभ पार्टीले प्रान्तभर सैन्य शासकलाई आक्रमण गरिरहेकाे छ।
कयाह प्रान्तकाे पश्चिमस्थित एक पहाडी क्षेत्रमा आक्रमण गर्न लागिपरेकाे सरकारी सुरक्षा फाैजलाई, नागरिक रक्षा बल र करेनी सशस्त्र समूहले पछिल्लाेपल्ट लखेटिरहेकाे करेन्नी नेशनलिटीज डिफेन्स फोर्सले जनाएकाे छ।
दुई समूहबीच आइतबार करिब एकघन्टा भिडन्त चलेपनि, सरकारी फौजले स्थानीय त्रसित पार्न लगातार चार घन्टासम्म गाेलाबारी गरेकाे केएनडीएफका प्रवक्ताले सोमबार स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन्।
भिडन्तकाे क्रममा १० जना सरकारी सैनिकको मृत्युभएको भएको बताइएको छ। यता विद्रोही समूहका केही लडाकूहरू समेत सामान्य घाइते भएका छन्।
लडाइँले भयावह रूप लिएपछि पहाडी तीन गाउँका करिब पाँच सय स्थानीय नागरिक घर छाडेर भाग्न बाध्य भएका थिए। यसक्षेत्रमा सरकारी सुरक्षा फाैजले नागरिकमाथि दुःख दिने काम गरिरहेकाे विद्राेही समूहकाे दाबी छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया