चिनियाँ राष्ट्रपति सीको आग्रह : कोरोनाविरुद्धको खोपमा राजनीति नगरौँ

xinhuanet
xinhuanet

चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरोनाविरुद्धको खोपमा राजनीति भएको भन्दै त्यसलाई बन्द गरी एकआपसमा मिलेर कोरोनाविरुद्ध लड्न विश्व समुदायलाई आग्रह गरेका छन्। 

अझै पनि कोरोना भाइरस विश्वमा प्रमुख चुनौतीकै रुपमा रहेको भन्दै राष्ट्रपति सीले यसको निराकरणका लागि सबै राष्ट्रहरुले आवश्यक सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए । कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने धारणा छ। 

'अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको छ। कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप हो । विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्छ', राष्ट्रपति सीले भने। 

चीनियाँ राष्ट्रपति सीले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको बताउँदै आवश्यक परेको देशमा अझै सहयोग जारी राख्ने बताए । उनले भने, 'चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको छ। विश्वका कतिपय देशहरुमा खोपको खाँचो महसुस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाउन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्छ।'  

चीनले हालै मात्र यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तिमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको जनाएको थियो। चीनले यसै वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएको छ।

प्रकाशित मिति: : 2021-08-09 16:42:00

प्रतिकृया दिनुहोस्