नेकपा (एमाले) सिरहा जिल्लाका युवानेता केदार यादवले सिंङ्गै मधेशले एमाले एक भएको हेर्न चाहेको बताएका छन्।
सखुवानन्कारकटी गाउँपालिका प्रमुख समेत रहेका यादवले मधेशका जनताले एमाले एक होस् भन्ने चाहना रहेको बताएका हुन्।
नेता यादवले सञ्चारकर्मीहरुसँगको भेटमा आन्तरिक विवादले एमालेको तल्लो संगठनमा कुनै असर नपरे पनि एमाले फुट्ने होकी भनेर सबैलाई चिन्तित बनाएको बताए।
‘नेतृत्व तहका नेता बीचको आन्तरिक विवादले एमालेको तल्लो संगठनमा कुनै असर परेको छैन,’ नेता यादवले भने,‘एमाले नफूटोस् भन्ने हाम्रो चाहना छ।’
माधव नेपाल समूहले गरेकाे एकताको पहल गर्ने निर्णय स्वागतयोग्य भएको बताउँदै यादवले सर्वाेच्च अदालतको परमादेशबाट बहिगर्मित अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको विकास निर्माणको कामले विपक्षीहरू अताल्लिएको दावी समेत गरे।
‘ओली नेतृत्वको सरकारले देशमा अकल्पनीय विकास गरेकाले विपक्षीहरूलाई खपिनसक्नु भयो।’ नेता यादवले भने,‘ओली सरकारले गरेका विकासका कामले देशका सबै जनता खुशी छन्, मधेश मात्रै होईन देश नै एमालेमय बनेको छ।’
धेरै पटक एमालेको सखुवानन्कारकटी गाउँपालिका अध्यक्ष बनेर जनता संगठीत गरेका यादवले विकासका ठूला आयोजनाहरु ओली सरकारले सम्पन्न गरेको दावी समेत गरेका छन्।