कांग्रेसको कान्छो पुस्ता: कहिले पुग्ला नेतृत्वमा?

नेपाल खबर

केशव सावद

‘प्रमको कार्यकाल सक्किँदै गर्दा उहाँको काम हेरेर मलाई यसकारण मनपर्छ देउवा भनेर हामीले पनि भन्न पाइयोस्। कार्यकाल सुरु हुनेबित्तिकै खुर्सानीको बोटमा चढाएर दुर्घटना निम्त्याउन तत्पर समर्थकहरु प्रधानमन्त्रीलाई पार्टी र गुटको मात्रै होइन देशको हुन देऊ। अवसर छ सुन्दर इतिहास रच्ने,’ विद्यार्थी संघकी नेता एलिजा ढकालले साउन १८ मा ट्विट गरिन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने..’ शीर्षकमा भिडिओहरु सार्वजनिक गर्न व्यस्त भएका बेला कांग्रेस कार्यकर्ता ढकाल भने पार्टी नेतृत्वलाई सजग गराइरहेकी थिइन्। 

ढकाल कांग्रेसको कान्छो पुस्ताको प्रतिनिधि हुन्। आफ्नो दलको नेतृत्व वा सरकारले जे गरे पनि आँखा चिम्लेर समर्थन गर्ने र विपक्षीको खेदो खन्ने कार्यकर्ताहरुको भीडमा उनीजस्ता युवाहरु अहिले आफ्नै पार्टीको सरकारलाई पनि खबरदारी गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-08-08 08:01:00

प्रतिकृया दिनुहोस्