मैदानबाहिर सेनापतिः सुधारका केही प्रयास, व्यापारमा सैन्य–सहभागिताकाे दाग मेटाउन अनिच्छुक

शिलापत्र

काठमाडौं

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल कस्तो रह्यो ? 

यसको वस्तुगत मूल्यांकन सुदूर भविष्यमा खोजिनेछ । सेनापतिका रूपमा कार्यकालको अन्तिम घडीतिर लम्किएपछि थापाले सेनाको संरचनात्मक फेरबदल गरेका छन्, पृतनाको स्वरूपबाट दुई जोड एक कमाण्ड अवधारणामार्फत ।

सैनिक प्रमुख थापाले बसालेको नयाँ संरचनाको सेना भविष्यमा कत्तिको प्रभावकारी बन्छ, सम्भवतः उनको कार्यकालको मूल्यांकनको मुख्य आधार त्यही बन्नेछ । 

प्रत्येक प्रदेश र काठमाडौं उपत्यकामा छुट्टै गरी ८ वटा पृतना संरचनामा रहेको सेनालाई थापाले १ साउनदेखि औपचारिक रूपमा कमाण्ड अवधारणामा ढालेका छन् । उत्तर–दक्षिण बेग मार्ने नदी बेसिनका आधारमा पुनःगठित सैन्य संरचना मुलुकको राष्ट्रिय सुरक्षा चुनौती सामना गर्न सक्षम रहेको जंगी अड्डाको दाबी छ ।

तर, केही सैनिक अधिकारी यो अवधारणालाई खोटरहित तुल्याउन सेनापति थापा चुकेको बताउँछन् । ‘सामरिक हिसाबले परिचालन हुनुपर्ने सेनालाई हिजो प्रशासनिक हिसाबले चलाउन खोजेर गल्ती भएको थियो,’ पूर्व उपरथी विनोज बस्न्यात भन्छन्, ‘त्यसलाई अहिलेका सेनाप्रमुखले सुधार्ने प्रयत्न गरेका छन् । तर त्यो पूर्ण छैन ।’ 

प्रकाशित मिति: : 2021-08-05 19:48:00

प्रतिकृया दिनुहोस्