मन्त्री नपाए जे पनि गर्न तयार सांसदहरू, कहाँ भयाे संवैधानिक त्रुटि ?

शिलापत्र

काठमाडाैं

नयाँ सरकार बनेको तीन साता बितिसक्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनलाई बरु प्रमुख प्रतिपक्षी एमालेका २२ सांसदको विश्वासको मत लिन सजिलो भयो, मन्त्री छान्न त्योभन्दा ज्यादा सकस भइरहेको छ । 

विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टीमा उस्तै अप्ठ्यारो छ । मन्त्रिपरिषद् विस्तारपछि मन्त्रीको दौडमा वल्लोपल्लो ध्रुवमा कुदेका सांसदहरू सम्हाल्न उसलाई धौधौ हुनेवाला छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले त सार्वजनिक कार्यक्रममै मन्त्री छान्न नसकेर आफू तनावमा रहेको बताइसकेका छन् । ‘हाम्रा ४९ जना सांसदलाई नै मन्त्री चाहिएको छ ।

हामीले पाउने बढीमा सात हो’ नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसमा ९ साउनमा उनले भनेका थिए, ‘मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ । नियुक्ति पायो भने ठीक छ, नभए नेतृत्व बदमास भनेर गाली गर्न बेरै नलगाउने प्रवृत्ति छ ।  मिले त सबैलाई मन्त्री बनाइदिनुहुन्थ्यो । कुरा आदर्शका गर्ने तर चित्तचाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्नेमा छ ।’ 

माओवादी अध्यक्ष प्रचण्डको यो अभिव्यक्तिले सांसदहरूको मन्त्री बन्ने महत्त्वाकांक्षा सम्बोधन गर्न नसक्दा पार्टी नेतृत्व हैरान भएको पुष्टि गर्छ ।  

प्रकाशित मिति: : 2021-08-04 09:42:00

प्रतिकृया दिनुहोस्