माधव नेपाललाई पर्खिएर अब एमाले अनिर्णयको बन्दी बन्दैन: खड्का

नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सचिव खेममान खड्काले अब माधब नेपाललाई पर्खिएर एमाले अनिर्णयको बन्दी नबन्ने बताएका छन्।

आफ्नै एमाले नेतृत्वकाे सरकार ढालेर कांग्रेस-माओवादी गठबन्धनकाे सरकार बनाउन मुख्य भूमिका खेलेर बिराेधीहरुकाे गाेटी बनेका नेपालले पार्टीमाथि अक्षम्य राजनीतिक अपराध गरेकाे भन्दै नेता खड्काले अब माधव समूहलाई पर्खेर एमालेकाे गतिविधि शून्य नबनाईने स्पष्ट पारे।

मंगलबार नेकपा एमाले राेल्पा जिल्लाकाे सचिवालय बैठकलाई सम्बाेधन गर्दै नेता खड्काले पार्टीका सबैस्तरका कमिटीहरुलाई चलायमान बनाउदै गाउँ-गाउँमा संगठन सुदृढीकरणका अभियानलाई व्यापक बनाउन निर्देशनसमेत दिए।

बैठकलाई सम्बाेधन गर्दै एमाले केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला ईन्चार्ज नवीन राेकामगरले गठबन्धनकाे सरकार बनेकाे महिनादिन नपुग्दै याे-त्याे बहानामा विवादहरु देखा परिसकेकाले गठबन्धन लामाे समय टिक्न नसक्ने ठाेकुवा गरे।

एमाले नेतृत्वकाे सरकारले धेरै लाेकप्रिय र जनभावना अनुरुपका  कार्यक्रमहरु ल्याएपछि अत्तालिएर गठबन्धनले प्रपञ्च रचेर सरकार ढालेकाे भन्दै उनले गठबन्धनकाे अभियान सफल पार्न माधब नेपाल प्रयाेग हुनु र अझै नसच्चिएर दिनानुदिन याे-त्याे माग राखेर पार्टीलाई संक्रमणकालिन अवस्थामा पुर्‍याउँनू दुखद भएकाे बताए।

ईन्चार्ज राेकामगरले अब राेल्पामा पार्टी पंक्ति र सबै जनवर्गीय संगठनहरु एकै साथ परिचालित भएर विगतमा एमाले नेतृत्वकाे सरकारले गरेका कामहरुकाे प्रचार गर्दै संगठनलाई जुझारु बनाउन निर्देशन दिए।

सदरमुकाम लिबाङस्थित पार्टी कार्यालयमा पार्टिका जिल्ला संयाेजक बालाराम बुढाकाे अध्यक्षतामा बसेकाे बैठकले पार्टी प्रदेश र केन्द्रका सर्कुलर अनुसार यही साउन २२ गतेभित्र पार्टीका सबै पालिकास्तरका बैठकहरु सम्पन्न  गरेर साउन ३० गते भित्र सबै पार्टी सदस्यहरुकाे सदस्यता नबिकरण गरिसक्ने निर्णय गरेकाे छ।

बैठकले काेभिडका कारण पार्टीका गतिविधिहरु केही सुस्ताए पनि अब रणनीतिक याेजनाका साथ अघि बढ्ने तालिकासमेत बनाएकाे संयाेजक बुढाले बताए।

पार्टी जिल्ला सचिव निमप्रसाद राेकाकाे सञ्चालनमा सम्पन्न भएकाे बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्यहरु कुमार दशाैदी, शान्तकुमार ओलि र ईश्वरी जिएमलगायतकाे सहभागीता रहेकाे थियाे।

बैठकमा पार्टीका सबै पालिका संगठन कमिटीका संयाेजकहरुले पछिल्लो अवस्थाकाेबारे रिपोर्टिङ गरेका थिए।

प्रकाशित मिति: : 2021-08-04 07:09:00

प्रतिकृया दिनुहोस्