५ अर्बमा बन्दैछ काठमाडौंको परिचय फेर्ने गरी ‘हाइराइज फाइभ स्टार’ समिट

नेपाल खबर

काठमाडौँ

ललितपुरको कुपन्डोल हाइटमा समिट होटल भत्काएर नेपालकै नमुना पाँचतारे होटलसँगै अपार्टमेन्ट निर्माण हुने भएको छ।

चारतारे होटल समिटलाई भत्काएर उक्त क्षेत्रमा विलासी अपार्टमेन्टसहितको पाँचतारे होटल निर्माणको अन्तिम तयारी गरिएको हो।

‘द समिट होटल एन्ड रेसिडेन्सी’ नामकरण गरिएको परियोजना काठमाडौं सहरका उच्चवर्गलाई लक्षित गर्दै निर्माण गरिनलागेको यसका लगानीकर्ताले बताएका छन्।

समिट होटलमा व्यवसायी अमृतरत्न शाक्यसँगै चौधरी ग्रुप र रविभक्त श्रेष्ठको एनई ग्रुपको संयुक्त लगानी छ।

एनई र सीजीले २०७१ चैतमा समिटको ६० प्रतिशत स्वामित्व खरिद गरेका हुन् भने ४० प्रतिशत सेयर स्वामित्व शाक्यको छ। 

१८ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा अहिले ८६ कोठा छन्। समिट होटलका सञ्चालक अमृतरत्न शाक्यले आधुनिक पाँचतारे होटलसँगै रेसिडेन्सी निर्माणको तयारी गरिरहेको जानकारी दिए। 

‘१८ रोपनी जग्गा रहेको छ। त्यसलाई बुटिक होटल नै राख्न पाएको भए राम्रो हुन्थ्यो’, शाक्यले भने, ‘रुख, खुल्ला ठाउँसहित होराइजेन्टल डिजाइनमा समिट होटललाई निरन्तरता दिन सकेनौँ।’

 

प्रकाशित मिति: : 2021-08-04 07:01:00

प्रतिकृया दिनुहोस्