जब दौंतरीले ‘सम्धी’ भने ...

हिमाल खबर

काठमाडौँ

सरिता दाहाल 

एकाबिहान सिमसिम झरी परिरहेको थियो। वनस्पतिका फरक फरक बास्नाले वातावरणलाई सुरम्य बनाएको थियो। मर्निङ वाकका क्रममा पारिवारिक कुराकानी हुँदा एक अग्रजले लामो समयदेखिको तनावबाट मुक्ति पाएकामा औधी खुशी लागेको सुनाउँदै भने, ‘अब म दौंतरीको सम्धी हुनेछैन।’

सामान्यतः पुरुष साथीहरूले एकआपसमा ‘सम्धी’ भनेर ख्यालठट्टा गरेको मैले पटक पटक देखे-सुनेकी थिएँ। साथी-साथीबीच ‘सम्धी’ सम्बोधन गरेको देख्दा मलाई चाहिँ निको लाग्दैनथ्यो।

उनीहरू एकआपसमा ख्यालठट्टा गरेर रमाइरहेका होलान्। तर, त्यो सीधै तिनका अबोध छोराछोरीप्रति लक्षित हुने शब्द हो। आजदेखि बोलिने यस्ता सम्बन्धवाचक शब्दले कतै न कतै केही न केही छाप छाड्दछन्।

कतिपय नेपाली र हिन्दी चलचित्रमा बाल्यकालीन दौंतरीहरूले भविष्यमा एकआपसमा सम्धी बन्ने रहर गरेको, एक-अर्कालाई वचन दिएको, तर सन्तानले नमान्दा पारिवारिक सम्बन्धमा विचलन आएका घटनाक्रम देखाइने गरेका छन्। व्यक्तिगत रूपमा भन्नुपर्दा, मलाई यो पटक्कै सही लाग्दैन।

अँ, म मर्निङ वाकको कुरा जोड्दै थिएँ। दौंतरीको ‘सम्धी’ बन्नुपर्नेछैन भनेर औधी खुशी भएका ती अग्रजको रहस्य बुझ्न खोजें। उनले आफू ४५ वर्ष नाघेपछि छोराको बाबु बनेकोमा खुशी भएको सुनाए। ३० वर्षको उमेरमा छोरीको बाबु भएका थिए उनी।  

प्रकाशित मिति: : 2021-08-03 21:26:00

प्रतिकृया दिनुहोस्