पब्जी र फ्रिफायरविरुद्ध सांसदको ब्याटल

शिलापत्र

काठमाडौं

यस साता संसदको त्यो दृश्य एकाएक भाइरल भयो, जसमा प्रतिनिधिसभाको शून्य समयमा एमाले सांसद आशाकुमारी विकले 'पब्जी र फ्रिफायरजस्ता अनलाइन गेमको लतका कारण बालबालिकामा डराउने, झस्कने, जिद्दीपनाजस्ता स्वभाव देखिएको र त्यसबाट पछि गएर मानसिक अस्पतालको अभाव हुने' भन्दै 'त्यस्ता गेमहरू तत्काल बन्द गर्न' जोडदार माग राखिन् । 

संसारको सबैभन्दा वैज्ञानिक र गतिशील मार्क्सवादी विचार बोकेको भनिएको पार्टीको एक महिला विधायकको यो परिवर्तन प्रतिरोधी विचार मूलतः अभिभावक तथा शिक्षक–शिक्षिकाहरूले धेरै मन पराएको, शेयर गरेको र लबिङसमेत गरेको पाइयो भने केही प्राग्रेसिभ शिक्षाकर्मी तथा नयाँ पुस्ताका अत्याधुनिक युवाहरूमा भने सांसद आशाको विचारले निराशा फैलाएको स्पष्ट देख्न सकिन्छ । तसर्थ, सत्य र सम्भावनाको कसीमा यो विचारलाई केलाउन जरुरी देखियो ।

हामी शिक्षाकर्मीहरू र अभिभावकहरू मात्र हैन, नीति तथा पाठ्‌यक्रम निर्माताहरू, विज्ञ एवं विशेषज्ञहरू, पाठ्यवस्तु तथा पाठ्यपुस्तक सर्जकहरू सबै करिब साठी वा सत्तरीको दशकदेखि नब्बेको दशकसम्ममा जन्मिएकाहरू हौँ । मोटर गाडी, बिजुलीबत्ती, टेलिफोन, रेडियो, टीभी आदिको आविष्कार हुँदै गर्दा र त्यस्ता आविष्कार भर्खरभर्खर देशमा भित्रिएर त्यसलाई पहिलोचोटि देखेर अचम्मित हुने सौभाग्य पाएको यो पुस्ताको बाल्यकाल र हुर्काई प्रविधिसँगको खासै साक्षात्कारबिना बितेको थियो ।

प्रकाशित मिति: : 2021-08-03 11:20:00

प्रतिकृया दिनुहोस्