टर्कीमा एकैदिन २१ हजार कोरोना सङ्क्रमित

Symbolic photo
Symbolic photo

कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन्। 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै टर्कीमा अहिलेसम्म ५७ लाख ४७ हजार ९३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो एक दिनमा टर्कीमा ९६ जनाको मृत्यु भएको छ। योसँगै कूल मृतकको सङ्ख्या ५१ हजार ४२८ पुगेको छ। टर्कीमा कोरोना भाइरसबाट सङ्क्रमित भएरपनि एक दिनमा पाँच हजार ५३९ जना सङ्क्रमणमुक्त भएका छन्। अधिकारीहरुका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५१ हजार २२४ जनाको कोरोना परीक्षण गरिएको छ। 

टर्कीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको भए पनि महामारी पनि फैलिइरहेको छ। गत जनवरी १ मै चिनियाँ खोप सिनोभ्याक्स लगाउन टर्की सरकारले अनुमति दिएको थियो। चार करोड १० लाखभन्दा बढीलाई पहिलो चरणको खोप लगाइसकिएको छ।  तीमध्ये दुई करोड ७० लाखले दुवै खोप लगाएका छन्।  

प्रकाशित मिति: : 2021-08-02 17:55:00

प्रतिकृया दिनुहोस्